×

संसदमा रामहरि खतिवडाले भने– मन्त्रीज्यू, तपाईंको पद ससुरालीबाट दाइजो ल्याएको होइन !

काठमाडाैं | असार २, २०८१

फाइल तस्वीर

बजेटमा मन्त्रीहरूले मनोमानी गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आपत्ति जनाएका छन् । बजेट बनाउँदा सरकार उत्पत्ति हुने थलो संसद्लाई नै बाइपास गरिएको आरोप उनले लगाए । 

प्रतिनिधि सभामा आइतबार विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्दै खतिवडाले बजेट निर्माणमा मन्त्रीहरूले सत्ता/प्रतिपक्ष भनेर विभेद गरेको आरोप लगाएका हुन् । 


Advertisment

‘प्रधानमन्त्री र मन्त्रीहरू जहिले पनि सत्ता जोगाउने काम गरिरहेका छन् । नजिकका नाता र दातालाई रिझाउने काम भएको छ । संसद्का कर्मचारीहरू कालोपट्टी बाँधेर काम गरिरहेका छन्,’ खतिवडाले भने, ‘मन्त्रीज्यूहरू, तपाईंहरूको ससुरालीबाट दाइजो ल्याएको पद होइन, यही संसद्बाट निर्वाचित भएको हो, संसद्लाई छल्ने काम नगर्नुस् ।’  


Advertisment

सांसद खतिवडाले पार्टीको झण्डा नबोक्ने कर्मचारीलाई मन्त्रालयमा विभेद गरिएको बताए । 

‘सक्षम कर्मचारीलाई अवसर दिइएको छैन । असक्षम कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा लैजाने गरिएको छ,’ उनले भने । 
 

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x