१४ असार २०८३, आइतबार

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनाका लागि महाशाखा गठन गरिने

असार ६, २०८१
काठमाडौं
प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनाका लागि महाशाखा गठन गरिने

आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनालाई सहयोग पुग्नेगरी आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गरिने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ देखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै ढाँचा पुनर्संरचना गरेर सञ्चालन गर्न महाशाखा गठन गर्न लागेको हो ।

मन्त्रालयका अनुसार महाशाखामार्फत् सामाजिक संरक्षण र रोजगारी सिर्जनाका लागि सञ्चालित यस कार्यक्रमलाई सीप विकास, उद्यमशीलता विकास, स्वरोजगार र उत्पादनसँग जोडिने छ ।

साथै उक्त महाशाखाले आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने सम्बन्धित सरोकारवाला निकाय र जिम्मेवार संस्था वा पदाधिकारीसँग समन्वयात्मक कार्य पनि गर्ने छ । जसले गर्दा कार्यक्रम प्रभावकारी हुने दाबी मन्त्रालयको छ । 

आजको गोरखा पत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्