१६ असार २०८३, मंगलबार

यसरी बन्नुस् प्रखर वक्ता

कात्तिक २०, २०७४
यसरी बन्नुस् प्रखर वक्ता

 राम्रो बोल्नसक्ने मान्छे सबैको प्रिय हुन्छ । यस्ता मान्छेले बिग्रन लागेको काम पनि समार्न सक्छन् । तपाईंलाई सार्वजनिक ठाउँमा बोल्न हिचकिचाहट हुन्छ र मनको कुरा खुलेर राख्न गाह्रो हुन्छ भने यहाँ दिइएका टिप्स अजनाएर प्रखर वक्ता बन्नुस् ।


आफूनजिकैका मानिससँग घुलमिल गर्नुस् । जति साथी बनाउनुभयो त्यति नहिचकिचाइकन कुराकानी गर्न सक्नुहुन्छ । उनीहरूसँग मनमा भएका कुरा बाँड्दा पनि खुलेर कुरा गर्न सिकिन्छ ।

तपाईं गफाडी मानिसहरूसँग पनि कुरा गर्न सक्नुहुन्न भने ऐनाअगाडि उभिएर बोल्ने अभ्यास गर्न थाल्नुस् । यसो गर्दा तपाईंको आत्मविश्वास बढ्छ । बोल्दाखेरी आफ्नो अनुहारमा आउने हाउभाउ हेरेक तपाईं सुधार पनि गर्न सक्नुहुन्छ ।

प्रायः मानिसहरू भीड भएको समारोह वा अन्तर्वार्तामा बोल्न खोज्दा नर्भस हुन्छन् । यस्तोमा जरूरी कुरा भनेको मनमा रहेको डर निकाल्नु नै हो । गलत बोलें भने मलाई मृत्युदण्ड हुन्छ भन्ने किसिमको गलत डरलाई मनबाट तत्कालै निकाल्नुस् । आफ्नो क्षमतामा विश्वास गर्नुस् र नहिचकिचाइकन आफ्नो शतप्रतिशत दिने कोशिश गर्नुस् ।

तपाईंले जागिरको अन्तर्वार्ता दिनुपर्नेछ र गलत बोलें भने रिजेक्ट हुन्छु भन्ने पीरले तपाईंलाई सताइरहेको छ भने साथी वा परिवारका सदस्यको सहायता लिनुस् । साथीलाई अन्तर्वार्ताको तरिकाले प्रश्न गर्न लगाउनुस् र उसको साथमा अभ्यास गर्नुस् । यसो गर्दा तपाईंभित्रको डर भाग्छ र आत्मविश्वासका साथ अन्तर्वार्ता फेस गर्न सक्नुहुन्छ ।

घरमै वा सार्वजनिक ठाउँमा मानिसहरूसँग कुरा गर्ने कोशिश गर्नुस् । कुरा शुरु गर्नका लागि मौसमको अवस्था वा देशको परिस्थिति राम्रो बहाना हो ।

नयाँ नयाँ मानिसहरूसँग भेटघाट गरिरहनुस् । त्यसबाहेक संगीत, पुस्तक वा फिल्ममा रुचि बढाउनुस् र उस्तै रुचि भएका मानिससँग कुराकानी गर्न थाल्नुस् । यसरी तपाईं मनमा उठेका प्रश्नलाई खुलेर सोध्न सक्नुहुनेछ ।

कुनै पनि अवसरमा आफूलाई मन परेको मुद्दामा खुलेर बहस गर्नुस् । यसो गर्दा तपाईंको बोल्ने शैली पनि गजब बन्दै जान्छ अनि तपाईंभित्र आत्मविश्वास बढ्छ । अरूका अगाडि कसरी विचार राख्ने भन्ने विषयमा जानकारी पनि पाइन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्