×

NIC ASIA

अभिनेत्री ऐश्वर्याबारे रोचक तथ्य

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

बुधबार ४४ औं जन्मदिन मनाएकी बलिउड अभिनेत्री ऐश्वर्या रायको जीवनका केही रोचक प्रसंग भारतीय अनलाइनले यसरी उजागर गरेका छन् ।

Muktinath Bank

आर्किटेक्चरर बन्न चाहन्थिन्
ऐश्वर्या हिरोइन होइन, खासमा आर्किटेक्चरर बन्न चाहन्थिन् । उनलाई अभिनय, मोडलिङमा रत्तिभर पनि रुचि थिएन । आर्किटेक्चरर बन्ने सोच बनाउनुअघि उनी औषधिको क्षेत्रमा लाग्न चाहन्थिन् । तर, त्यता सफलता नमिलेपछि उनले आर्किटेक्टको पढाइ गरेकी हुन् । उनले रेहजा कलेज अफ आट्र्समा अध्ययन गरिन् । तर, पढाइ पूरा नगर्दै मोडलिङको दुनियाँमा प्रवेश गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूलको नाम ऐश्वर्या
ऐश्वर्या भारतमा मात्र होइन, विश्वका थुप्रै देशमा निकै चर्चित छिन् । नेदरल्यान्डको बोर्ड अफ टुरिजमले ट्युलिप फूलको नाम ऐश्वर्या राखेको छ । त्यहाँ भव्य कार्यक्रम आयोजना गरेर ट्युलिपलाई ऐश्वर्या घोषणा गरिएको थियो । बोर्डका प्रबन्ध निर्देशकले भारतीय अभिनेत्री ऐश्वर्याको सुन्दरताबाट प्रभावित भई फूलको नाम परिवर्तन गरेको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

सुन्दरताको रहस्य
ऐश्वर्याको नाम विश्वभरका सुन्दरी महिलामध्येमा आउँछ । जो–कोही पनि ऐश्वर्याको सुन्दरताप्रति मोहित भइहाल्छन् । ऐश्वर्याको सुन्दरताको खास रहस्य के होला ? यसबारे मान्छेहरू चर्चा गर्ने गर्दछन् । जन्मजात सुन्दरी ऐश्वर्या आफ्नो सुन्दरता कायम राख्न घरमा बनेको खाना मात्र खान्छिन् । पर्याप्त मात्रामा पानी पिउँछिन् । चिल्लो–पिरो खानेकुराबाट पनि ऐश्वर्या सधैँ टाढा रहने गरेकी छिन् । खानापछि फलफूल खाने गरेकी ऐश्वर्या सधैँ सकारात्मक सोच मात्र राख्छिन् । त्यसकारण उनको त्वचा सधैँ सुन्दर रहिरहेको बताइन्छ ।

Vianet communication

ऐश्वर्याको मैनको पुल्ता
ऐश्वर्या बलिउडकी एक मात्र पहिलो हिरोइन हुन्, जसको मैनको पुत्ला म्याडम तुसाद म्युजियममा राखिएको छ । पूर्वविश्व सुन्दरी भएको तथा अभूतपूर्व सुन्दरताका कारण उनको पुत्ला संग्रहालयमा राखिएको बताइन्छ ।aishwarya-rai

दमदार अभिनयले बढ्यो रोल
ऐश्वर्याको करिअरको टर्निङ फिल्म हो ‘मोहब्बतें’ । थोरै मान्छेलाई मात्र थाहा छ, मोहब्बतें फिल्ममा पहिला ऐश्वर्याको रोल निकै छोटो थियो । तर, जब सेटमा पुगेर उनले अभिनय गर्न थालिन्, उनको अभिनय कला देखेर निर्देशक नतमस्तक भए । त्यसपछि उनले ऐश्वर्याको सिन थपेका थिए । फिल्म सुपरहिट भयो ।

टिचरका कारण मोडलिङमा प्रेरित
कलेज लाइफमा ऐश्वर्या सबै टिचरकी फेभरेट थिइन् । तर, उनी क्लासमा पछाडिको बेच्नमा बस्ने गर्दथिन् । तर, जब फिजिक्सको क्लास हुन्थ्यो, त्यतिवेला भने उनी अगाडि आएर बस्ने गर्दथिन् । उनी फिजिक्स टिचरकी अति प्रिय विद्यार्थी थिइन् ।

ऐश्वर्याले एउटा अन्तर्वातामा तिनै फिजिक्स टिचरले आफूलाई कलेज म्यागजिनका लागि फोटो सेसन गर्न प्रेरित गरेका थिए । त्यसपछि नै उनले मोडलिङको सपना बुनेकी हुन् । त्यही सपनाले आखिरमा उनलाई मिस वल्र्ड हुँदै फिल्म अभिनयको यात्रामा लगायो । -नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x