१४ असार २०८३, आइतबार

सर्लाहीमा सोती खोलाले बगाएर १५ वर्षीय किशोर बेपत्ता

असोज १३, २०८१
सर्लाही
सर्लाहीमा सोती खोलाले बगाएर १५ वर्षीय किशोर बेपत्ता
प्रतीकात्मक तस्वीर ।

सर्लाहीको बागमती नगरपालिकास्थित सक्रौल टोलमा सोती खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा वडा नं ९ सक्रौल टोलका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो रहेको प्रहरीले जनाएको छ । शनिवार साँझ अविरल वर्षासँगै आएको भेल तर्ने क्रममा किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

घटनालगतै प्रहरी र स्थानीयले ती किशोरको खोजी गरे पनि फेला पार्न नसकेको जनाइएको छ । -रासस
 

salt training

कमेन्ट गर्नुहोस्