२५ जेठ २०८३, सोमबार

काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

मंसिर ११, २०८१
काठमाडौं
काठमाडौंको बाँसबारीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

काठमाडौं महानगरपालिका–३ बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।  

बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवा चोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

साथै, दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।     

salt training

कमेन्ट गर्नुहोस्