२२ असार २०८३, सोमबार

जेसीबीका ग्राहक बेलायतस्थित मुख्य प्लान्टको भ्रमणमा

जेसीबीका ग्राहक बेलायतस्थित मुख्य प्लान्टको भ्रमणमा

काठमाडौं, ६ मंसिर - नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई बेलायतको रोसेस्टरस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । एक साता लामो भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्टको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गर्नु भएको थियो । 


भ्रमणका क्रममा जेसीबीका ग्राहकले स्टिलबाट कसरी मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गर्नु भएको थियो । साथै, उहाँहरुले जेसीबी कम्पनीका संस्थापक जोसेफ सिरिल बमफार्डले आविष्कार गरेको संसारकै पहिलो ब्याकहो लोडर र जेसीबीले निर्माण गरेको संसारकै सबैभन्दा तीव्र गतिमा दौडने डिजेल कारको समेत निरीक्षण गर्नु भएको थियो । 

भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्ट र बेलायतको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताउनु भयो । उहाँहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताउनु भयो । 

‘निर्माण कार्यका क्रममा खराबभन्दा पनि खराब परिस्थितिको सामना गर्न जेसीबीलाई कसरी तयार पारिन्छ भन्ने हे¥यौं ।’ भ्रमणमा सहभागी गोल्डेन गुड्स शेर्पा कन्स्ट्रक्सनका कार्यकारी निर्देशक गेल्जे लामाले भन्नु भयो, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिनुभएकोमा हामी एमएडब्लु अर्थमुभर्सप्रति आभारी छौं ।’

जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ ।

नेपाली बजारमा जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कार्यक्षमताका कारण यी मेसिनहरु लोकप्रिय छन् । अझ पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्