![हालै बढुवा भएका ७५ डीएसपीको पदस्थापन [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/DSP_fagun_4_5BiXwZGQqe.jpg)
नेपाल प्रहरीमा हालै बढुवामा भएका ७५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको पदस्थापन गरिएको छ ।
गृहसचिवस्तरीय फागुन २ गतेको निर्णय अनुसार बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो । उनीहरूले आइतबार दर्ज्यानी चिह्न लगाएका थिए ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गरेको पदस्थापनको निर्णय अनुसार पहिलो नम्बरका बढुवा भएका सुरेन्द्र प्रसाद जोशीलाई नेपाल प्रहरी शिक्षालय तालिम शाखा भरतपुर चितवन पठाइएको छ ।
यसैगरी मिलन बस्नेतलाई प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेपलाञ्चोक पदस्थापन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काज सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची :