३० असार २०८३, मंगलबार

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

चैत १९, २०८१
काठमाडौं
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सो अवसरमा उनीहरूबीच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ । 

भेटमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिए । भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो । 

गत मङ्सिरमा पोर्चुगलको राजदूतमा नियुक्त भएका पौडेल जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्