१६ असार २०८३, मंगलबार

'डाक्टर लिने देशसँग रोयल्टी लिने' स्वास्थ्यमन्त्रीले बताएपछि चिकित्सक संघ आक्रोशित

जेठ १६, २०८२
काठमाडौं
'डाक्टर लिने देशसँग रोयल्टी लिने' स्वास्थ्यमन्त्रीले बताएपछि चिकित्सक संघ आक्रोशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको "डाक्टर लिने देशसँग रोयल्टी लिने" भन्ने अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले विदेश पलायन भइरहेका दक्ष चिकित्सकहरूको संवेदनशील विषयलाई कमजोर र अविवेकी रूपमा प्रस्तुत गरिएको भन्दै खेद व्यक्त गरेको छ।

संघका महासचिव डा. सन्जिब तिवारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “योग्य चिकित्सकहरूलाई स्वदेशमै रही सेवा दिन प्रोत्साहन गर्नु र रोजगारी सिर्जना गर्नुको सट्टा तिनलाई निर्यात वस्तुका रूपमा परिभाषित गर्नु अत्यन्त खेदजनक छ।”

देशका दुर्गम क्षेत्रमा अझै पनि आधारभूत स्वास्थ्य सेवाको अभाव रहेको उल्लेख गर्दै संघले सरकारले तत्काल दरबन्दी सिर्जना गरी दक्ष चिकित्सकहरूलाई स्वदेशमै सेवा प्रवाहमा संलग्न गराउनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा मन्त्री प्रदीप पौडेलको अभिव्यक्तिले स्वदेशमै रही राष्ट्रको सेवामा समर्पित चिकित्सकहरूको अपमान गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

संघले सम्पूर्ण नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न तथा चिकित्सा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन सरकारसँग तत्काल स्पष्ट, व्यवहारिक र दीर्घकालीन नीतिगत व्यवस्था गर्न माग गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्