१४ असार २०८३, आइतबार

सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना विवाद समाधान गर्न कार्यदल गठन

जेठ १७, २०८२
सोलुखुम्बु
सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना विवाद समाधान गर्न कार्यदल गठन

सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाको सिमाना विवाद समाधान गर्न कार्यदल गठन भएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने कार्यादेश छ ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न दुवै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले सीमा विवाद समाधानका लागि ओखलढुङ्गाकी सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको हो । 

समितिका सदस्यहरूमा ओखलढुङ्गाका मालपोत अधिकृत निरकुमार ढुङ्गाना, नापी अधिकृत सविन विके, सोलुखुम्बुका नापी अधिकृत प्रमोद गुरागाइँ र मालपोत अधिकृत विदेश खनाल  सदस्य छन् ।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका –९ र सोलुखुम्बुको सिमानामा पर्ने तोलुगुम्बा बुलबुले क्षेत्रमा लामो समयदेखि विवाद छ । २०४३ सालमा यो क्षेत्र ओखलढुङ्गामा पर्ने भनिए पनि सोलुखुम्बुसँग विवाद  छ ।

बैठकमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्