०१ साउन २०८३, शुक्रबार
मौसम पूर्वानुमान

सातै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

असार २८, २०८२
काठमाडौं
सातै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

गएराति देशका केही ठाउँमा सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

महाशाखाका अनुसार आज दिउँसो र राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि कोशी, मधेश, वाग्मती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी, मधेश र वाग्मतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्