
सिरहा कारागारमा कैदीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।
आइतबार दिउँसो साढे ३ बजेको समयमा झडप हुँदा १३ जना कैदीबन्दी घाइते भएका सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्ने बारेमा विवाद हुँदा झडप भएको हो ।
घाइतेहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ । अधिकांश घाइतेहरूको टाउकोमा चोट लागेको छ ।