३० असार २०८३, मंगलबार

अन्तिम अन्तर्राष्ट्रिय खेलमा आन्द्रे रसेललाई ‘गार्ड अफ अनर’ र विशेष उपहार

साउन ७, २०८२
काठमाडौं
अन्तिम अन्तर्राष्ट्रिय खेलमा आन्द्रे रसेललाई ‘गार्ड अफ अनर’ र विशेष उपहार

वेस्ट इन्डिज क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर आन्द्रे रसेलका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल सुखद रहेन । घरेलु मैदान किङ्सटनमा खेलिएको अस्ट्रेलियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रियमा क्यारेबियन टोली आठ विकेटले पराजित भयो ।

त्यो खेल अलराउन्डर आन्द्रे रसेलका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । नतिजाका आधारमा अन्तिम अन्तर्राष्ट्रिय खेल निराशाजन भए पनि वेस्ट इन्डिज क्रिकेट बोर्डले रसेलको बिदाइ भने भव्य रूपमा गर्‍यो ।

खेल शुरू हुनुअघि ३७ वर्षीय आन्द्रे रसेललाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । खेलअघि दुवै टोलीका खेलाडीले उनीप्रति विशेष सम्मान प्रकट गरेका थिए । यसका अतिरिक्त वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई विशेष उपहार पनि प्रदान गर्‍यो ।

बोर्डले आन्द्रे रसेललाई क्रिकेटको ब्याट आकारको गितार उपहार प्रदान गरेको हो । आफ्नो अन्तिम खेलमा उनले ३६ रन पनि बनाए । यस क्रममा उनले केवल १५ बलको सामना गरी चार छक्का र दुई चौका पनि हिर्काए ।

उनले एक ओभर बलिङ पनि गरेका थिए । तर, विकेट भने लिन सकेनन् । उक्त खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले १५.२ ओभरमै केवल दुई विकट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

null

आन्द्रे रसेलले क्यारेबियन टोलीका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । उनले देशका लागि टेस्ट क्रिकेट एउटामात्र खेलेका थिए । सन् २०१० को नोभेम्बरमा गालेमा खेलिएको श्रीलंकाविरुद्धको टेस्ट नै उनले खेलेको एकमात्र टेस्ट हो ।

टेस्ट क्रिकेटमा उनले केवल दुई रन बनाएका छन् भने एक विकेट पनि लिएका छन् । आन्द्रे रसेलले एकदिवसीय अन्तर्राष्ट्रियमा ५६ खेल खेल्दै कुल एक हजार ३४ रन बनाएका छन् भने ७० विकेट पनि लिएका छन् ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियमा ८६ खेल खेल्दै कुल एक हजार एक सय २२ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले ६१ विकेट पनि हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्