२२ असार २०८३, सोमबार

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

भदौ ४, २०८२
काठमाडौं
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । 

काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरे । 

भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखेका उनको सचिवालयले जनाएको छ  । 

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले  हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ सफल रूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्