
काठमाडौं, १३ पुस– ५० स्थानीय तहले आफ्नो नाम र केन्द्र फेरबलद गर्न स्थानीय विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका छन् । गाउँपालिका र नगरपालिका सभाको बहुमतले नाम र केन्द्र परिर्वतन गर्न सक्ने संवैधानिक व्यवस्थाअनुरुप ती स्थानीय तहले निर्णयको माइन्युटसहित निवेदन दिएका हुन् ।
मन्त्रालयका सहसचिव हिर पौडेलले ती निवेदनलाई चाँडै मन्त्रिपरिषद बैठकमा निर्णयका लागि पेश गरिने जानकारी दिए । शुरुमा परेका निवेदनलगत्तै चुनावका कारण निवेदन कार्यान्वयन गर्न ढिलो भएको मन्त्रालयले जनाएको छ, कान्तिपुरमा खबर छ ।