२२ असार २०८३, सोमबार

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

फागुन २१, २०७४
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

काठमाडौं, २१ फागुन– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी छ । नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ ।

१० बजेबाट शुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै मतगणना गर्ने कार्यक्रम तय भएको छ ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा छ । संसदीय दलका नेताका लागि देउवा र सिंहले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कूल ६३ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन कम्तिमा ३२ मत ल्याउनुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्