२० असार २०८३, शनिबार

कम्युनिष्ट पार्टी स्थापनाकै दिन एकीकरण हुन्छः श्रेष्ठ

फागुन २६, २०७४
कम्युनिष्ट पार्टी स्थापनाकै दिन एकीकरण हुन्छः श्रेष्ठ

काठमाडौं, २६ फागुन– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले ल्याएको पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण अन्तिम विन्दुमा पुगेको बताएका छन् ।

उनले कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन एकताले पूर्णता पाउने समेत बताए । गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्च र सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा भएको ‘प्रतिनिधि सभा एवं प्रदेश सभामा विजयीहरुलाई शुभकामना’ कार्यक्रमका प्रमुख अतिथि नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिल भन्दा अघि वा सोही दिन पार्टी एकीकरण हुने बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य हरिकुमार अधिकारीले जनताले दिएको मतअनुसार आफूले कर्तव्यनिष्ठ भएर अघि बढ्ने बताए । कार्यक्रममा गोर्खा सांस्कृतिक मञ्चले मुलुकको मौलिक कला संस्कृतिमा ध्यान दिनसमेत नेता अधिकारीले आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, नेकपा एमाले जनसम्पर्क मञ्चका इन्चार्ज कमल दानी, सहिद लखन गाउँपालिका काठमाडौं सम्पर्क मन्च नेपाली कांग्रेसका अध्यक्ष नरहरि न्यौपाने, वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भन्तनाले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य स्थिर खनाल, प्रेम श्रेष्ठ, दुर्गा श्रेष्ठ, सहिद परिवारको तर्फबा सहिद सुरेश वाग्लेकाका सुपुत्र विकास वाग्ले, गोरखा जनसांस्कृतिक मन्चका सल्लाहकार नवराज अम्गाईं, दिपक अर्याल, उत्तम गुरुङ, त्यस्तै सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मन्चका सल्लाहकार उत्तम कुमार श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्