
गुल्मी, २० वैशाख–नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी केन्द्रबीच कुनै पनि हालतमा एकता नहुने दाबी गरेका छन् ।
गुल्मीमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले चुनावका बेला देखिनै पार्टी एकताको हल्ला चलाइरहेको भएपनी भागबन्डाका कारण दुई पार्टी मिल्न नसक्ने बताए ।
दुई पार्टीले पद मिलानउन नसक्दा एकता नभएपनि अन्य शक्तिका कारण एकता हुन सकेन भनेर गलत हल्ला फैलाउने काम एमाले र माओवादीले गरेका भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरे ।
उनले एकै जंगलमा दुई सिंह बस्न नसक्ने भन्दै एमाले र माओवादीको एकता हुनै नसक्ने ठोकुवा गरे । तर दुई पार्टी मिलुन् भन्दै शुभकामना दिए ।
उनले बहुमतको आधारमा सरकाले गलत काम गरे नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।