
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रम बहिस्कार गरिएको छ ।
नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले कार्यक्रम बहिस्कार गरेका हुन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सबै मन्त्रीहरुलाई बोलाइएको भएपनि माओवादी मन्त्रीहरु असन्तुष्ट बन्दै सहभागि नभएका हुन् ।
मोदीको नेपाल भ्रमणबारे माओवादी मन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरेको तथा शुक्रबार ओली र मोदीबीच भएको अरुण तेस्रोको सिलन्यास कार्यक्रममा पनि विभागिय मन्त्रीलाई नै नबोलाइएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको बताइएको छ । ओलीले माओवादी मन्त्रीलाई मिनिमाइज गर्न थालेको पछिल्लो समय सार्वजनिक हुन थालेको छ ।