×

NIC ASIA

काठमाडौं, २० असार – सर्लाहीको मलंगवाका शिवनारायण साह एकसाता अघिदेखि वैदेशक रोजगार विभाग धाइरहेका छन् । सुनेरा नेपाल इन्कर्पोरेटेड प्रा.लि. नामक म्यानपावर कम्पनीले विदेश पठाइदिन्छु भनेर ठगेपछि उनी न्याय खोज्दै विभागमा आइपुगेका हुन् ।

Muktinath Bank

साहले सर्लाहीमै मोबाइल पसल चलाउँदै आएका थिए । ५ लाख ऋण गरेर पसल सञ्चालन गरेका साहको पसल राम्रोसँग चलेन । व्यपार राम्रो नभएपछि ऋण कसरी तिर्ने भन्ने चिन्तामा थिए उनी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइल पसलमा पत्रिका पढेर बसिरहेका साहले पत्रिकामा सुनेरा नेपाल इन्कर्पोरेटेड प्रा.लिले दुबईमा सेक्युरिटी गार्डका लागि कामदार मागेको सूचना पढे । व्यापारमा घाटा भएपछि चिन्तित बनेका साहले दुबई जाने सोच बनाए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि म्यानपावर कम्पनीको ठेगानामा सम्पर्क गरेर उनी गत फागुनमा काठमाडौं आए । त्यहाँ उनले अन्तरर्वार्ता दिए र पास पनि भए ।

Vianet communication

म्यानपावर कम्पनीले विदेश जानका लागि स्वास्थ्य जाँच (मेडिकल) गनुपर्ने र एक लाख दिएपछि मात्रै विदेश जाने प्रक्रिया अगाडि बढाउने बतायो । उनले ९८ हजार रुपैयाँ बुझाए ।

कम्पनीले राहदानी राख्यो र मेडिकल जाँच गराएर 'साढे दुई महिनामा दुबई उँड्छौ, हामी सम्पर्क गछौं' भन्दै सर्लाही पठायो ।

विदेशमा पैसा कमाएर ऋण तिर्ने र परिवारलाई सुखसँग पाल्ने सपना साँच्दै उनी घर फर्किए ।

म्यानपावर कम्पनीलाई आफ्नो राहदानीसहित ९८ हजार रुपैयाँ बुझाएको चार महिना पुग्यो । साढे दुईमहिनामै दुबई पुग्छौ भन्ने सुनेरा नामको म्यानपावर कम्पनीले चारमहिना पुग्दा पनि भिसा आएको खबर पठाएन ।

न भिसा आयो न त म्यानपावर कम्पनीले सम्पर्क नै गर्‍यो । ‘विदेश पठाइदिन्छु भनेको चार महिना पुगेपछि मैले फोन गर्दा मेरो नम्बर नै ब्याक लिस्टमा राखेको रहेछ, फोन नै लागेन त्यसपछि म काठमाडौं आए ।’ 

उनी काठमाडौं त आए तर म्यानपावर कम्पनीले आफ्नो कार्यालय चक्रपथबाट सारिसकेको रहेछ । उनले प्रहरीको सहयोगमा म्यानपावर कम्पनी भने पत्ता लगाए ।

‘चक्रपथमा पहिला त्यो कम्पनी भएको ठाउँमा गएँ, कम्पनी त त्यहाँ छैन रहेछ, मैले प्रहरीलाई सबैकुरा बताएँ, प्रहरीले म्यानपावर कम्पनी सुन्धारामा सरेको पत्ता लगाइदिए ।'

गत विहीबार म्यानपावर कम्पनीमा पुगेका साहले आफ्नो पैसा र राहदानी फिर्ता दिन आग्रह गरे । तर म्यानपावर कम्पनीले विदेश पठाइदिन्छु नि भनेर टार्न खोज्यो ।

विदेश नजाने र आफ्नो पैसा फिर्ता लिने भनेपछि म्यानपावरले तत्कालै पैसा दिन नसक्ने बतायो । ‘एक महिनापछिको चेक दिन्छु भन्यो, मैले मानिनँ,’ उनले भने ।

म्यानपावरवालाले पैसा र राहदानी फिर्ता गर्न नमानेपछि उनी वैदेशिक रोजगार विभागमा आइपुगेका हुन् ।

उजुरीसहित आएका साहलाई विभागका कर्मचारीले म्यानपावर कम्पनीसँग सम्पर्क गराए ।

म्यानपावर सञ्चालक आफैं विभागमा आउने बताएपछि गत विहीबार उनले उजुरी दिएनन् । विभागले दुवै पक्षलाई शुक्रबारको लागि बोलायो ।

शुक्रबार उनी पुग्दा म्यानपावर सञ्चालक त्यसअघि नै पुगिसेका रहेछन्, त्यो पनि साहले दिएको रकमको बिल नै हरायो भनेर निवेदन दिन ।

‘म शुक्रबार यहाँ आइपुग्दा त म्यानपावरको मान्छे पहिला नै आएर मैले रकम बुझाएको रसिद छैन भनेर उल्टै निवेदन दर्ता गर्न लागेछन्, मैले पैसा बुझाएको बिल देखाएपछि केही बोल्न सकेन ।’

त्यो दिन साहलाई पैसा फिर्ता हुन्छ, निवेदन नदेऊ भनेर फर्काइयो । उनले आफ्नो पैसा पाउने आशामा शुक्रबार पनि निवेदन दिएनन् । आइतबार पनि उनी वैदेशिक रोजगार विभागमा पुगे ।

साहले म्यानपावर कम्पनीसँग आफ्नो राहदानी र रकम फिर्ता गर्न माग गरे ।

वैदेशिक रोजगार विभागमै म्यानपावर कम्पनीले निवदेन दर्ता नगर भनेर फकाउने र लिएको रकम फिता गर्नचाँहि आनाकानी गर्ने गरेको उनले सुनाए ।

‘बिहीवारदेखि निवेदन नदेऊ भनेर मात्रै फकायो, हरेक दिन म्यानपावरबाट अर्कै मान्छे पठाउने, पैसा र राहदानी फिर्ता नगर्ने गरेपछि मैले आइतबार निवेदन दिएँ,’ साहले लोकान्तरसँग भने, ‘विभागका सरहरूले फोन गर्नुहुन्छ, आउँछु, मिलाउँछु मात्रै भन्छन्, एकछिन आउँछ, न रकम फिर्ता गर्छ न राहदानी दिन्छ ।’

साह कहिले वैदेशिक रोजगार विभाग, कहिले म्यानपावर कम्पनीमा धाउने गरेको एकसाता बितिसकेको छ । काठमाडौंमा होटलमा बस्दा धेरै खर्च भइसकेको छ ।

विदेश गएर कमाउने उनको सपना मरिसकेको छ । तर आफूलाई विदेश पठाइदिन्छु भनेर ठग्ने कम्पनीलाई कारवाही होस् र पैसा फिर्ता होस् भन्ने उनको चाहना छ ।

‘विदेश पठाइदिन्छु भनेर फकाउँदै हामीजस्ता गरीब र सोझालाई ठग्ने म्यानपावर कम्पनीलाई कारवाही होस्, मेरो पैसा फिर्ता गरिदियोस्,’ उनले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x