×

NIC ASIA

क्रिकेटको 'महाकुम्भ' मेला

आईसीसी टी–२० विश्वकप : दुई देशका ९ रंगशालामा ५५ खेल, पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने

काठमाडाैं | जेठ १०, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

आईसीसी टी–२० विश्वकप अबको केही दिनमा शुरू हुँदैछ । प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । टी–२० विश्वकप पहिलोपटक अमेरिकामा पनि हुँदैछ । टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेका छन् ।

यसपटक पनि टी–२० विश्वकप पुरानै फर्म्याटमा खेलाइँदै छ । समूह चरण, सुपर–८ र त्यसपछि नकआउट (सेमिफाइनल र फाइनल) गरी तीन चरणका खेल हुनेछन् । यसका लागि सबै २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक समूहमा पाँच टोली छन् । समूह चरणमा एक समूहका टोलीले एकअर्कासँग खेल्नेछन् । प्रत्येक समूहबाट २ टोली सुपर–८ मा छनोट हुनेछन् । यीमध्ये चार टोली नकआउट राउण्डका लागि सेमिफाइनल पुग्नेछन् ।


Advertisment
Rupse Holidays
Nabil box

समूह एमा क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह बीमा अस्ट्रेलिया, इंग्ल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड छन् । समूह सीमा अफगानिस्तान, न्यूजिल्याण्ड, पापुआन्यूगिनी, युगान्डा, वेस्टइन्डिज छन् । समूह डीमा बंग्लादेश, नेपाल, नेदरल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका छन् ।

Vianet communication

प्रतियोगिताको समूह चरणका खेलहरू जुन १ बाट शुरू भई जुन १८ सम्म खेलाइनेछ । सुपर ८ का खेल १९ देखि २५ जुनसम्म हुनेछन् । सेमिफाइनल खेल जुन २७ गते र फाइनल खेल २९ गते हुनेछ ।

केही खेल बिहान र केही बेलुका खेलाइनेछन् । प्रतियोगितामा दुई देशका ९ रंगशालामा कूल ५५ खेल हुनेछन् ।

जुन १ बाट शुरू हुने विश्वकपमा नेपालले भने जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिरे क्रिकेट रङ्गशालामा विश्वकपको पहिलो खेल खेल्नेछ । त्यसपछि फ्लोरिडामा जुन १२ मा दोस्रो खेल खेलेर टोली वेस्ट इन्डिज लाग्नेछ ।

वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लिगको अन्तिम खेल खेल्नेछ । नेपालको आगामी यात्रा यी ४ खेलको नतिजाले तय गर्नेछ । टी–२० विश्वकपका खेलहरू वेस्ट इन्डिजका विभिन्न ६ र अमेरिकाका ३ रंगशालामा खेलाइने छन् ।

एउटा सेमिफाइनल ट्रिनिडाडको ब्रायन लारा स्टेडियममा हुनेछ भने अर्को सेमिफाइनल गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ । प्रतियोगिताको फाइनल खेल ऐतिहासिक रंगशाला बार्बाडोसको केन्सिङ्टन ओभलमा हुनेछ । प्रतियोगितामा पहिलोपटक ‘स्टप क्लक’ प्रयोग गरिने छ । यसको मतलब बलिङ टोलीले एक ओभर सकिएको ६० सेकेण्डभित्र दोस्रो ओभर शुरू गरिसक्नुपर्ने छ ।

आईसीसीले बनाएको नियमअनुसार असाधारण अवस्थामाबाहेक खेल तीन घण्टा १० मिनेटमा समाप्त हुनुपर्नेछ । यसको मतलब प्रत्येक इनिङ्सको लागि समय एक घण्टा २५ मिनेट र अन्तराल २० मिनेट हो । प्रत्येक इनिङ्सको पहिलो ६ ओभरमा पावर प्ले हुनेछ । प्रत्येक टोलीले दुई समीक्षा अर्थात रिभ्युको मदका पाउनेछन्।

खेल बराबरी भएमा सुपर ओभरबाट नतिजा तय हुनेछ । सुपर ओभर पनि टाई भएमा नतिजा तय गर्न सुपर ओभर फेरि खेलिनेछ ।

प्रतियोगितामा पनि वर्षा भएमा नतिजा प्राप्त गर्न डीएलएस विधि प्रयोग गरिनेछ । तर डीएलएस लागू गर्न केही सर्तहरू छन् । समूह चरण र सुपर–८ का लागि दुवै टोलीले कम्तिमा ५ ओभरको खेल खेलेपछि मात्रै डीएलएसमार्फत् निर्णय लिन सकिनेछ भने नकआउट खेलमा दुवै टोलीले कम्तीमा १० ओभरको खेल खेले मात्रै यसको प्रयोग गरिने छ ।

पहिलो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे राखिएको छ । तर, दोस्रो सेमिफाइनलका लागि २५० मिनेट मात्र अतिरिक्त समय दिइएको छ ।

टी–२० विश्वकपको उपाधि अहिलेसम्म ६ टोलीले जितेका छन् । पहिलो टी–२० विश्वकपमा भारतले ऐतिहासिक जित दर्ता गरेको थियो । त्यतिबेला भारतले पाकिस्तानलाई फाइनलमा हराएको थियो । पाकिस्तान टोली तीनपटक फाइनलमा पुगेर सन् २००९ मा प्रतियोगिता जितेको थियो ।

गत विश्वकपमा इंग्ल्याण्डले उपाधि जितेको थियो । यसअघि सन् २०१० मा पनि इंग्ल्याण्डले उपाधि जितेको थियो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा पनि दुई पटक विश्वकप जितेको छ । सन् २०२१ मा अष्ट्रेलियाको टोलीले विश्वकप जितेको थियो ।

कोरोना भाइरसको महामारीको समयमा ग्यापबाहेक टी–२० विश्वकप नियमित रूपमा खेलिएको छ । आईसीसीले प्रतियोगिता हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरेको छ ।

अर्को टी-२० विश्वकप २०२६ मा आयोजना हुनेछ, जुन भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन् । सन् २०२८ मा हुने टी–२० विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x