×

NIC ASIA

कोशीको बजेटप्रति प्रतिपक्षीको प्रतिक्रिया– रक्सी ‘ब्रान्डिङ’बाहेक नयाँ केही छैन

विराटनगर | असार १, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोशी प्रदेशमा आकार घटाएर आगामी वर्षको बजेट ल्याएको पाइएको छ । चालू आर्थिक वर्षको भन्दा १ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ कमको बजेट ल्याइएको हो । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिवार प्रदेशसभामा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आवको बजेट ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको थियो । यो बजेट हाल कार्यान्वयनमा छ । 


Advertisment
Rupse Holidays
Nabil box

कोशी प्रदेशको बजेट विगत दुई आर्थिक वर्षदेखि नै निरन्तर घटिरहेको छ । संघीय सरकारले दिने विशेष अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान तथा सशर्त अनुदान कटौती भएपछि बजेट घटेको आर्थिक मामिलामन्त्री मगरले बताए  । 

Vianet communication

चालू आवको बजेटमा सशर्त अनुदानको ७ करोड ५५ लाख थप भइ कूल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको हो । यो बजेट पनि ८० प्रतिशत मात्रै खर्च हुने आर्थिक मामिलामन्त्री मगरले बताए । कम खर्च हुनुलाई उनले सरकार फेरबदलको असर भनेका छन् ।

कोशीमा आव २०७६–७७ सबैभन्दा ठूलो बजेट ल्याइएको थियो । उक्त बजेट ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको थियो । यस्तै आव ०७७–७८ मा प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाखको बजेट ल्याएको थियो । 

यसैगरी आव २०७८–७९ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याउँदा बजेटको यथार्थ खर्च भने २९ अर्ब ९६ करोड ६४ लाख मात्रै भएको थियो । 

त्यस्तै आव २०७९–८० मा प्रदेश सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको थियो । 

अरु वर्षको तुलनामा यो पटक यथार्थपरक बजेट आएकाले कार्यान्वयन हुने आर्थिक मामिला योजनामन्त्री मगरको दाबी छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटमा केही पनि नयाँ विषय नसमेटिएको आरोप लगाएको छ । पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले परम्परागत खालको बजेट ल्याएको दाबी गरे । 

‘यो बजेट पनि परम्परागत खालको नै छ,’ उनले भने ‘नयाँ केही छैन ।’ यद्यपि उनले रक्सी ब्रान्डिङ गर्ने कार्यक्रम अगाडि बढाइएको भन्दै त्यसको स्वागत गरेका छन् । यसबारे उनले भने, ‘रक्सी ब्रान्डिङ गर्ने कार्यक्रम अगाडि बढाइएको छ । यसको स्वागत गर्छु ।’ 

बजेटको पूर्णपाठः 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x