×

NIC ASIA

टी-२० विश्वकप

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, सुपर-८ सम्भावना सकियो

काठमाडाैं | असार १, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा जितको निकै नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भए र नेपालले पीडादायी हार व्यहोर्नु पर्‍यो । 


Advertisment
Rupse Holidays
Nabil box

पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका विरुद्धको आजको खेल जित्नैपर्ने दबाब थियो। दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

Vianet communication

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । ४९ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै अनिल शाहले २७ बनाए । २४ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए ।

यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । २३ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल शून्यमै आउट भए भने कुशल मल्ल १ रन बनाएर आउट भए । गुल्सन झाले ६ र सोमपाल कामीले ८ रन बनाए ।

यसअघि वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए । 

४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए । त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । 

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई पराजित गर्दै एक खेलअगावै सुपर आठमा पुगेको हो । 

त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्का विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए ।

नेपालले अब आफ्नो अन्तिम खेल सोमबार बंगलादेशविरुद्ध खेल्ने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x