×

NIC ASIA

सांसदको अमर्यादित हर्कत

‘जाँडमोह’वाला सांसद : कहिले झ्याप भएर टीभीमा अन्तर्वार्ता, कहिले संसदमा बार राख्ने प्रस्ताव

काठमाडाैं | जेठ ३२, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

कुनैबेला रक्सीले झ्याप भएको समयमा टीभीमा अन्तर्वार्ता दिएर विवादमा तानिएका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद् भवनमै मदिरा पिउने बार खोल्न प्रस्ताव गरेका छन् ।

संसद् भवनमा जाँड/रक्सी खाने भट्टी (बार) खोल्ने प्रस्ताव सांसदबाट पहिलोपटक सुनिएको संसद्का कर्मचारीहरू बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि खर्च कटौती प्रस्ताव राख्ने क्रममा सांसद बजगाईंले बन्दै गरेको संसद् भवनमा रक्सी पिउने बार खोल्न प्रस्ताव गरेका हुन् । 


Advertisment
Rupse Holidays
Nabil box

‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस र सिनेटको अफिस घुम्न जाँदा (देखेअनुसार) सिनेटमा आतिथ्यता गर्न जाने पाहुनाका लागि बार बनाइँदो रहेछ । डेमोक्रेट, रिपब्लिकन्स (सबै)ले आफ्नो बारमा सोसियलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । लन्डन स्कूल अफ इकोनोमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद् बजगाईंले भने, ‘सम्माननीय सभामुख महोदय, बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्न बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु । यो पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ ।’ 

Vianet communication

सिंहदरबारमा नयाँ संसद् भवन बनिरहेको छ । बजगाईंले त्यही भवनमा रक्सी पिउने ठाउँ बनाउन प्रस्ताव गरेका हुन् । बजगाईंले मदिराको बार खोल्न प्रस्ताव गरेको सिंहदरबार मदिरा र सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । 

सांसदहरूले संसद्भित्र तथा बाहिर कस्तो र के विषय बोल्ने भन्नेबारे बहस भइरहेको छ । यस्तो बेला संसद् भवनमा बार खोल्ने प्रस्ताव कांग्रेस सांसदबाट आएको हो ।

बोल्ने क्रममा बजगाईंले अरेबियन प्रिन्सेस अल वालित विन तलाल नेपाल भ्रमणमा आउँदा ७४७ जहाज धकेल्ने टोबार ल्याउन आफूले सल्लाह दिएको दाबी समेत गरे ।

मुम्बईमा अम्बानीको घरमा लञ्च गरिरहेका बेला आफूले राजकुमारलाई टोबार ल्याउन सल्लाह दिएअनुसार उनले सापटीमा ल्याइदिएको दाबी उनले गरे ।

बजगाईंले सन् २००९ मा तलाल नेपाल आएको दाबी गरे पनि उनी सन् २०१० को नोभेम्बरमा मात्र नेपाल आएका थिए । तथ्यगतरूपमा पनि उनी चुकेका छन् ।

बजगाईं बोलेर आएलगत्तै कांग्रेसका सांसदहरूले गलत विषयमा बोलेको भनेर आपत्ति जनाएका थिए । बजगाईंले भनेजस्तो संसद् भवनमा रक्सी भट्टी खोल्ने विषयमा आफूहरू सहमत नरहेको कांग्रेसका एक सांसदले बताए । उनले संसद्मा आफूलाई ‘सुपेरियर’ देखाउन अनावश्यक गफ छाँटेको ती सांसदको तर्क छ ।

‘उहाँ माननीयज्यूमा रक्सीको ह्याङओभर बाँकी नै रहेजस्तो देखियो, नत्र संसद्मा भट्टी पसल खोल्ने कुरा कसरी गर्नुहुन्थ्यो ?’ कांग्रेसकै एक सांसदले भने, ‘विदेशमा छ भन्दैमा हामीले रेड लाइट एरिया पनि खोल्न सक्छौं र ?’

झ्याप भएर दिएका थिए अन्तर्वार्ता

अति मदिराप्रेमी सांसद बजगाईं रक्सीले झ्याप भएका बेला टेलिभिजनमा अन्तर्वार्ता दिएर विवादमा तानिएका थिए । 

२०८० असोज २९ गते पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तर्वार्ता दिने क्रममा बजगाईंले उल्टो क्याप लगाएका थिए । सामान्यतया अन्तर्वार्ता दिने सांसदले क्याप लगाउँदैनन्, त्यसमा पनि र्‍याप गायकले जस्तो उल्टो क्याप लगाएर अन्तर्वार्ता दिनु स्वाभाविक मानिँदैन । 

अन्तर्वार्ताका क्रममा बजगाईंको बोली लर्बराएपछि धमलाले समय छोट्याएका थिए । त्यो विवादास्पद अन्तर्वार्तामा बजगाईंले केपी ओलीसँग मिलेर डा. शेखर कोइरालालाई छिट्टै प्रधानमन्त्री बनाउने दाबी गरेका थिए ।

पछि बजगाईंले कांग्रेस नेता कोइराला र महामन्त्री गगन थापालाई मिलाएको भन्दै एउटा फोटो सार्वजनिक गरे । तर, बजगाईंका कारण आफ्नो पक्षको ‘इमेज ड्यामेज’ भएको निष्कर्ष कोइराला पक्षले निकालेको थियो ।

संसद्मै लाग्यो जाँड खाएको आरोप

बजगाईंले संसद् भवनमा रक्सी खाने बार स्थापना गर्न प्रस्ताव गरेकै दिन उनीमाथि सत्तारुढ नेकपा (माओवादी केन्द्र)की सांसद कल्पना मियाँ कुसारीले अघिल्लो बजेटको दिन रक्सी खाएर आएको आरोप लगाएकी थिइन् । 

प्रतिनिधि सभाको शून्य समयमा कुसारीले रक्सी खाने सांसदले कुशल पर्वतारोही निर्मल पुर्जाबारे संसद्मा अनावश्यक टिप्पणी गरेको आरोप लगाइन् ।

‘विश्व रेकर्ड राखेर राष्ट्रलाई दुनियासामु चिनाउन सफल कुशल पर्वतारोही निर्मल पुर्जाबारे विभिन्न माननीयजीले विभिन्न टीकाटिप्पणी राख्नुभएछ एक हप्ता पहिला,’ कुसारीले भनिन्, ‘नेपाललाई विश्वमा चिनाउन सफल निर्मल पुर्जाविरुद्ध अनावश्यक टीकाटिप्पणी गर्न कसैलाई छुट छैन । अघिल्लो बजेटका बेला यही सदनभित्र ती सांसदले रक्सी खाएर आउनुभएको थियो । त्यो त हामीले कुरै निकालेनौं त ?’ 

गत जेठ २२ गते संसद्मा बोल्दै बजगाईंले हिमाल आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने बताएका थिए । पर्वतारोहीलाई आफ्नो होटलमा नराखेको भन्दै बजगाईंले संसद्मा रिस पोखेको पुर्जाका समर्थकहरूको गुनासो छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x