मंसिर १८, २०७५
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
काठमाडौं – अफगानिस्तानमा आतंकवादीहरूविरुद्ध अपरेसन शुरू गरेको १७ वर्षपछि अमेरिकाले तालिबानसँग सीधा वार्ता गर्ने इच्छा देखाएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको ट्विन टावरमा भएको आक्रमणपछि अमेरिका अफगानिस्तानमा प्रवेश गरेको थियो ।
अहिले चाहिँ अमेरिकाको ट्रम्प प्रशासन तालिबानसँग सीधै वार्ता गर्न तयार देखिन्छ ।
सन् २००१ मा तालिबान सरकारलाई हटाउनका लागि तत्कालीन जर्ज डब्ल्यू बुश सरकारलाई केही महिना मात्र लाग्यो तर तालिबानले लडाईं जारी राख्यो । अफगानिस्तानका १४ भन्दा बढी जिल्ला अर्थात् देशको ४ प्रतिशत भागमा उसको कब्जा छ । त्यति मात्र नभई अन्य २६३ जिल्लामा तालिबान सक्रिय छ ।
अफगानिस्तान–पाकिस्तान सीमा पूरै तालिबानको नियन्त्रणमा छ । अब सीमामा पर्खाल बनाउनका लागि पाकिस्तान ट्रम्प प्रशासनको सहयोग चाहन्छ । पाकिस्तानमा लगातार आतंकवादी आक्रमण भइरहेको छ र सीमापारिबाट आएका
आतंकवादीहरूको यसमा हात भएको ऊ बताउँछ ।
त्यसो त पाकिस्तान आफैं पनि तालिबानलाई सहयोग गर्छ । हक्कानी नेटवर्क भनिने तालिबानको एक खेमालाई पाकिस्तानले सहयोग गर्छ ।
तालिबान र अशरफ गानी नेतृत्वको अफगान सरकारले ईदमा युद्धविरामको घोषणा गरेका थिए । त्यतिखेर आतंकवादी र सैनिकहरूले लिएको सेल्फी चर्चित भएको थियो । तर पछि फेरि युद्ध भयो ।
रुसले तालिबानलाई सहयोग गरिरहेको अमेरिकाको विश्वास छ । तर ट्रम्पले पुटिनमाथि विश्वास देखाएका छन् । ध्यान दिनुपर्ने कुरा के हो भने सोभियत संघ र अफगानिस्तानको युद्ध हुँदा अमेरिकाले मुजाहिद्दीन र तालिबानको समर्थन गरेको थियो ।
एजेन्सी
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...