२२ असार २०८३, सोमबार

कार्यकाल छोटै भएपनि अदालतको साख बढाउने काम गर्छु – प्रस्तावित प्रधानन्यायाधीश मिश्र

कार्यकाल छोटै भएपनि अदालतको साख बढाउने काम गर्छु – प्रस्तावित प्रधानन्यायाधीश मिश्र

काठमाडौं –सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायपालिकामाथिको विश्वास अभिवृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

संसदीय सुनुवाइ विशेष समितिको सोमबारको बैठकमा बोल्दै मिश्रले आफ्नो छोटो कार्यकालमा न्यायालयको साख अभिवृद्धि गर्ने लक्ष्य रहेको बताए ।

'म लामो समय त अदालतमा रहन्न, तर जति समय रहन्छु, न्यायालयको साख अभिवृद्धि गर्नु मेरो प्राथमिकता हुनेछ,' मिश्रले भने ।

अदालतप्रति जनविश्वास अभिवृद्धि गर्न भ्रष्टाचार रोक्ने उनको प्रतिबद्धता छ ।

आफूले १७ हजारभन्दा बढी मुद्दाको फैसला गरेको भन्दै उनले आफूले महत्त्वपूर्ण फैसलाहरूबारे पनि उल्लेख गरे ।

आमाको नामबाट नागरिकता, होर्डिङ बोर्ड हटाउने लगायतका फैसला आफ्नो कार्यकालका महत्त्वपूर्ण फैसला भएको उनको भनाइ छ ।

संवैधानकि परिषद्ले सिफारिस गरेका मिश्रको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदनमा भएमा राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् ।

प्रधानन्यायाधीश भएमा मिश्र आगामी पुस १८ सम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्