२५ जेठ २०८३, सोमबार

पाँच महिना कुरेर पाँच किलो चामल

पाँच महिना कुरेर पाँच किलो चामल

सिमकोट- शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर ।

सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा थिए । लाममा लाग्नेको सङ्ख्या ठूलै थियो । घर कुपनका आधारमा प्रति सदस्य पाँच किलो खाद्यान्न वितरण हुने भएपछि शुक्रबार बिहान ७.०० बजे लाम लागेको सिमकोट गाँउपालिका वडा नम्बर–५ की शिवा रावतले बताउनुुभयो । 

तीन जना सदस्यको प्रति सदस्य पाँच केजीका दरले पाउने १५ केजी चामल लिन भण्डै चार घण्टा लाममा बस्नु परेको उहाँको गुनासो थियो । पाँच महिनाको ७५ केजी पाउनुुपर्ने हो, तर चार महिना खाद्यान्न वितरण नभएपछि १५ केजीमै चित्त बुझाउनु परेको उहाँले सुनाउनुुभयो । बजारमा निजी क्षेत्रका ब्यापारीले मुगुबाट खच्चडमा ढुवानी गरेर ल्याएको प्रतिकेजी १८० रुपियाँ मूल्य पर्ने चामल किन्न नसकिने भएपछि बल्ल घरमा चामल पसेको उहाँले बताउनुुभयो । 

दशैँको बेला संस्थानले प्रतिपरिवार दुई केजीका दरल चामल चामल अक्षता मात्रै भयो । अहिले भने बल्ल घरमा चामल छिरेको अनुभव भएको उहाँले बताउनुुभयो । पैसा भएर पनि चामल किन्न सकस भएको रावतले गुनासो गर्नुभयो । यता सिमकोट गाउँपालिका वडा नम्बर ६ की बासकली रोकायाले पाँच घण्टाको बसाइपछि घर कुपनको पाँच केजी खाद्यान्न पाएको बताउनुुभयो । ‘कस्तो बिडम्बना पाँच केजी खाद्यान्न लिन पनि यत्रो समय कुर्नुपर्ने, अनि हाम्रो प्रगति कसरी हुन्छ,’ रोकायाले सुनाउनुुुभयो । 

यस अघि बजारको महँंगो मूल्यको चामल खरिद गरेर खाँदै आउनु भएकी रोकायालाई अहिले भने केही राहत भएको भएको छ । खाद्य संस्थानको मन्सुली चामलको मूल्यप्रति केजी ७० रुपियाँ रहेको छ । बजारमा सोही चामलको मूल्य प्रतिकेजी ११० रुपियाँ छ ।खाद्यान्न संस्थानकोे चामलबाट केही राहत पुग्ने उहाँले बताउनुुभयो ।, गाेरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्