२२ असार २०८३, सोमबार

नेकपाको स्थायी कमिटी बैठक सकियो, प्रचण्डको राजनीतिक प्रतिवेदनमा वामदेवको फरक मत

मंसिर २९, २०७५
नेकपाको स्थायी कमिटी बैठक सकियो, प्रचण्डको राजनीतिक प्रतिवेदनमा वामदेवको फरक मत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । 

शनिवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था र सरकार सञ्चालनबारे आफ्नो धारणा राखेका थिए । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा नेता बामदेव गौतमले लिखित सुझावसहितको फरक मत राखेका छन् । 

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता गौतमले पेश गरेको फरक मतसहतिको सुझाव अध्ययनका लागि सबै स्थायी समिति सदस्यहरुलाई उपलव्ध गराइएको छ । 

स्थायी समिति सदस्यहरुलाई राजनीतिक प्रतिवेदन अध्ययन गर्नको लागि समय दिँनका लागि भन्दै अर्को बैठक सोमबारका लागि बोलाइएको छ । 

आगामी बैंठक सोमबार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्