
काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र सञ्चालक समितिका सदस्यहरूले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै समितिले उनीहरूमाथि थप छानबिन गर्न सरकार र अख्तियारलाई निर्देशन दिएको छ ।
वायु सेवा निगमको वाइडबडी विमान खरीद प्रकरणमा भएको अनियमितताका सम्बन्धमा छलफलपछि समितिले दोषीहरूलाई हदैसम्मको कारवाही गर्न सिफारिस गरेको हो । समितिले वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग गरी भ्रष्टाचार गरेको भन्दै उनलाई तत्काल निलम्बन गरी कानून बमोजिम हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएको छ ।
पर्यटन मन्त्रालयका हालका सचिव कृष्णप्रसाद देवकोटालाई पनि निलम्बन गरी कानूनबमोजिम हदैसम्मको कारवाही गर्न पनि समितिको निर्देशन छ ।