×

NMB BANK
NIC ASIA

कैलालीको थारु गाउँमा साँझ ६ बजेसम्म मात्र पार्टी र भोजभतेर, नियम नमान्नेलाई जरिवाना

माघ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- कैलालीको भजनी नगरपालिका–९ स्थित पहलवान गाउँमा यहि माघीबाट खानपानमा निकै कडाई गरिएको छ । बुधबार सम्पन्न सो थारु गाउँको माघी डेवानी तथा/भूरा खेलबाट कडा नियम बनाइएको हो । गाउँको नव भलमन्सा (गाउँ प्रमुख) आशाराम चौधरीले गाउँमा हुने झै–झगडालगायत विकृतीलाई न्यूनीकरण गर्न खानपानमा कडाई गरिएको जानकारी दिए ।

Muktinath Bank

पश्चिम नेपालको थारु वस्ती आफ्नै प्रथाजन्य कानूनबाट शासित छ, जहाँ गाउँको सर्वेसर्वा 'बरघर' तथा 'भलमन्सा' नै हुन्छन् । प्रायः थारु वस्तीमा खानपान तथा भोज भतेरको कुनै समयसीमा हुँदैन । खानपानमा उत्तिकै सौखिन समुदाय थारु जाति पनि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमा आयोजना हुने विवाह भोज, पार्टीलगायत कार्यक्रमको समयमा कडाई गरिएको बताउँदै चौधरीले त्यस्ता कार्यक्रम बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र गर्ने नियम माघी डेवानी कार्यक्रमबाट बनाइएको जानकारी दिए । थारु वस्तीमा माघी पर्वलाई नयाँ वर्षको रुपमा लिइन्छ ।


Advertisment
Nabil box
Kumari

पर्व मनाएलगत्तै गरिने माघी डेवानी अर्थात गाउँको नेतृत्व चयन तथा नीति नियम बनाउने सो कार्यक्रमबाट नयाँ नियम बनाउने या पुरानोलाई अनुमोदन गर्ने काम गरिन्छ । साथै गाउँको नेतृत्व पनि पुरानै अनुमोदन गर्ने या नयाँ बनाउने गरिन्छ ।

Vianet communication
Laxmi Bank

चयन हुने भलमन्सा, चौकीदारलगायतले आवश्यकता अनुसार गाउँको भेला बोलाउँछन् । तर भेलामा नआउने गाउँ सदस्यहरुलाई समेत सो पहलवान गाउँमा कडाई गरिएको छ । गाउँको भलमन्साका अनुसार डाकिएको गाउँ भेलामा उपस्थित नहुने सदस्यलाई ४ सय ५० रुपैया जरिवाना गरिएको छ । त्यस्तै तोकिएको बैठक समय भन्दा आधा घण्टा ढिलो उपस्थित हुनेलाई १० रुपैया र १ घण्टा ढिलो उपस्थित हुनेलाई १ सय रुपैया जरिवाना तोकिएको भलमन्सा चौधरीले जानकारी दिए ।

१ सय ४५ घरधुरी रहेको सो गाउँको सम्पन्न माघी डेवानी कार्यक्रमबाट गाउँको चिराकी (खबर बाहक)मा भोडुराम चौधरीलाई चयन गरेको छ । भने गुरुवा (पुरोहित)मा रिसपाल चौधरी र सचिव रामधन चौधरीलाई चयन गरेको छ । विनोद चौधरी, नवीन चौधरी, सीताराम चौधरीलाई सल्लाहकार समितिमा राखेको छ । थारु बस्तीमा नेतृत्व चयन गर्ने कार्य माघ महिनाभरि चल्ने गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x