२२ असार २०८३, सोमबार

अहिलेको सरकारबाट समृद्धि सम्भव छैनः डा भट्टराई

फागुन ४, २०७५
अहिलेको सरकारबाट समृद्धि सम्भव छैनः डा भट्टराई

पर्वत–पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् । 

नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुगेका डा भट्टराईले लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त सरकार पाएको भए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गरे । उनले अहिलेको मोडेलको विकासले मुलुक र नागरिकले चाहेजस्तो समृद्धि दिन नसकिने स्पष्ट पारे ।

उनले बढ्दो भ्रष्टाचार र कमिसनखोरले मुलुक खस्ँिकदै गएको बताउँदै देशको भ्रष्टाचार रोक्न अख्तियारभन्दा पनि लोकपालको व्यवस्था हुनुपर्ने विचार राखे । 
उनले  सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसद्प्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्