२२ असार २०८३, सोमबार

जनसरकार प्रमुख र सैन्य प्रमुखसहित विप्लव समूहका तीन नेता पक्राउ

जनसरकार प्रमुख र सैन्य प्रमुखसहित विप्लव समूहका तीन नेता पक्राउ
फाइल तस्वीर

बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ ।

सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्