२२ असार २०८३, सोमबार

चीनको कम्युनिस्ट पार्टीले सदस्यहरूलाई दुईवटा जन्मदिन मनाउन लगायो

चीनको कम्युनिस्ट पार्टीले सदस्यहरूलाई दुईवटा जन्मदिन मनाउन लगायो

काठमाडौं – चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले सदस्यहरूलाई आफ्नो जन्मदिनबाहेक पनि अर्को जन्मदिन मनाउन आदेश दिएको छ । सदस्यहरूले पार्टी प्रवेश गरेको दिनलाई पनि जन्मदिनका रूपमा मनाउन पार्टीले आदेश दिएको हो । 

‘सामान्य मानिसका लागि एउटा मात्र जन्मदिन हुन्छ । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यका लागि भने दुईवटा जन्मदिन छन् । आफू जन्मेको दिनबाहेक अर्को विशेष दिन भनेको राजनीतिक जन्मदिन हो,’ पार्टीको अनुशासन विभागले मंगलवार सूचना प्रकाशित गरेर जनायो । 

‘जन्मदिनले एक व्यक्तिलाई जीवनको सम्मान गर्न र मूल्य चिन्न लगाउँछ । राजनीतिक जन्मदिन चाहिँ पार्टीका लागि प्रेम र भक्ति सम्झाउने दिन हो ।’

राजनीतिक जन्मदिन जस्ता राजनीतिक संस्कारमा जोड दिनका लागि सबै विभाग र क्षेत्रलाई निर्देशिका जारी गरेपछि अनुशासन आयोगले यो अवसरलाई कसरी मनाउने भनी रूपरेखा कोरेको छ । 

आयोगले राजनीतिक जनमदिन प्रशासनिक औपचारिकता बन्नु नहुने र वास्तवमै लोकप्रिय हुनुपर्ने सल्लाह दिएको छ । 

‘राजनीतिक जन्मदिन मनाउने कुरा सरल जस्तो देखिन्छ र यसको अर्थ निकै गहिरो छ । यसले पार्टीका सदस्यहरूलाई सम्झाउँछ : जति समय बिते पनि तिमीले पार्टी प्रवेश गरेको दिन बिर्सनुहुँदैन,’ उसले जनायो । 

राष्ट्रपति शी चिनफिङको शासनकालमा अधिकारीहरूले वैचारिक शिक्षा र पार्टीमा शीप्रतिको बफादारितामा जोड दिएका छन् । पार्टी सदस्यहरूले शी चिनफिङका विचारधारा तथा पार्टीका अन्य सामग्रीको अध्ययन गर्नका लागि एउटा याप डाउनलोड गर्नुपर्छ । 

बिहीवार पीपुल्स डेलीको मातहतमा रहेको पार्टी वेबसाइटले पार्टी सदस्यहरूले कसरी र कहिले पार्टीको ब्याज लगाउने भनी सचित्र निर्देशन दिएको थियो ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्