×

NMB BANK
NIC ASIA

सुरक्षा संवेदनशीलता

विप्लवसँग ‘४ कम्पनी सेना’ ! टुलुटुलु के हेरेर बसेको छ सरकार ?

जेठ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जेठ १३ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गर्‍यो तर अघिल्लै दिन काठमाडौंको सुकेधारा र अनामनगरमा बम विस्फोट हुन पुग्यो ।

Muktinath Bank

विस्फोटमा परी ४ जना विप्लवका कार्यकर्ताको मृत्यु भएको पुष्टि भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विप्लवले बन्द आह्वान गरेको भोलिपल्ट संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहसँग ४ वटा कम्पनी सेना भएको खुलासा गरे । उनले ४ वटा कम्पनी छन् भनेपनि कहाँ–कहाँ छन् भनेर खुलाएनन् ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री बादलको खुलासापछि नेपालका सुरक्षा संयन्त्रमा खैलाबैला भयो । गृहमन्त्रीसँग यस्तो सूचना कहाँबाट पुग्यो ? कतिपय सुरक्षा निकाय नै जिल्ल परे ।

Vianet communication
Laxmi Bank

महत्त्वपूर्ण सुरक्षा निकाय नेपाल प्रहरीसँग विप्लवका सेनाबारे कुनै सूचना नरहेको प्रहरीका एक अधिकारीले बताए । ‘गृहमन्त्रीज्यूलाई विशेष सूचना आएकाले बोल्नुभएको होला । देशको सुरक्षाको विषय कुनै पनि आधार नभएसम्म नबोल्नुपर्ने हो,’ उनले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान व्यूरोले सूचना ल्याएको अन्य सुरक्षा संयन्त्रमा अड्कलबाजी भइरहेका छन् ।

गृहमन्त्रीसँग विप्लवबारे सूचना हुँदाहुँदै पनि सरकारले किन नियन्त्रण गर्न सकेन ? सरकारले सूचनालाई गोप्य राखेर टुलुटुलु के हेरेर बसेको छ ? यी प्रश्न जन्मिएका छन् ।

गृहमन्त्रीको भनाइपछि सुरक्षा निकायमा अन्योल रहेको सशस्त्र प्रहरी बलका एक अधिकारीले बताए । उनका अनुसार विप्लवले सेना बनाएको र त्यसविरुद्ध कारवाही गर्न गृह मन्त्रालयबाट कुनै निर्देशन समेत आएको छैन ।

विप्लव समूहले देशभर ७ प्रदेश र ७७ जिल्लामा भूमिगत रुपमा आफ्ना कार्यक्रम चलाइरहेको छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीका अनुसार विप्लव समूहले तत्कालीन माओवादीको सैन्य शैलीमा संगठनलाई संगठित बनाएको सूचना छ । ‘७७ वटै जिल्लामा १०–१३ जनाको संख्यामा सैन्य ‘सेक्सन’ बनाएकाले ३ सय ८५ कार्यकर्ता रहेको बुझिन्छ,’ उनले भने । ७ वटा प्रदेशमा ७ देखि ९ जनाको ‘प्लाटुन’मा ४९ जना रहेको गुप्तचर अधिकारीको अनुमान छ ।

पूर्व, मध्य, पश्चिम र सूदुरपश्चिममा १/१ वटा कम्पनी गरी ४ कम्पनी रहेको स्रोतले जनाएको छ । १ कम्पनीमा १ सय ५० जनासम्म कार्यकर्ता रहेको अनुमान सुरक्षा अधिकारीले गरेका छन् । 

सूचना हुँदा पनि सरकार किन मौन ?

‘अहिले विप्लवले आफूलाई पार्टी भएको दावी गरिरहेको छ । अझै पनि राजनीतिक पार्टीको क्रियाकलाप गरिरहेको छ । जनतालाई कुनै दुःख दिएको छैन । हतियारहरू प्रदर्शन पनि गरेको छैन । यही कारणले गर्दा सूचना हुँदाहुँदै पनि सरकारले विप्लवका कार्यकर्तालाई कारवाही गर्न नसकेको हुनसक्छ,’ पूर्व सभासद् तथा सुरक्षाविद् इन्द्रजीत राईले लोकान्तरसँग भने ।

प्राविधिक कारणले हेर्दा सुरक्षा संयन्त्रसँग आवश्यक स्रोतसाधनको अभावले समयमा नै नियन्त्रणमा लिन नसकिएको एक सुरक्षा अधिकारीले बताए । ‘यस्ता गम्भीर सूचना आदानप्रदान गर्न विशेष कालको संयन्त्रको आवश्यकता पर्छ । यसको लागि सरकारले आवश्यक बजेट नछुट्याएकाले नै यसमा कमी कमजोरी हुन पुगेको देखिन्छ,’ ती अधिकारीले भने । सूचना आदानप्रदान र तीव्र सक्रियताका लागि आवश्यक अधिकार र बजेटको व्यवस्था गरिनुपर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x