२२ असार २०८३, सोमबार

मन्त्रिमण्डल पुर्नगठनबारे सरकारका प्रवक्ताको टिप्पणी– प्रधानमन्त्रीबाहेक सबै हट्न सक्छन् !

मन्त्रिमण्डल पुर्नगठनबारे सरकारका प्रवक्ताको टिप्पणी– प्रधानमन्त्रीबाहेक सबै हट्न सक्छन् !

काठमाडौं– सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिमण्डल हेरफेर सम्बन्धी सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै मन्त्री फेरिन सक्ने उनले टिप्पणी गरे । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मन्त्रिमण्डल हेरफेरको सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहेको बताएका हुन् । 

‘मन्त्रिपरिषद् सम्बन्धी सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहीत रहेकोले, त्यसको अधिकारी पनि प्रवक्ता पनि प्रधानमन्त्री नै हो,’ मन्त्री बाँस्कोटाले भने, ‘६ जना, ५ जना, ४ जना जति पनि फेरिन सक्छन्, प्रधानमन्त्री बाहेक सबै फेरिन पनि सक्छन् । १ जना पनि नफेरिन पनि सक्छन् ।’  

मन्त्री बाँस्कोटाले मन्त्रिमण्डल हेरफेरको हल्ला बारम्बार नफैलाउन समेत आग्रह गरे । ‘प्रधानमन्त्रीमा यो कुरा निहित छ, के महसूस गर्नुहुन्छ । उहाँ कति सन्तुष्ट असन्तुष्ट हुनुहुन्छ ? यी सबै कुरा एउटा मन्त्रीको कुरा हुँदैन । मन्त्रीहरू प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुहुन्छ,’ मन्त्री बाँस्कोटाले थपे, ‘काम आफैं गर्न पर्ने भयो, काम नभएपनि मन्त्रीलाई भन्दा ओलीलाई (लौरा) तपाईंहरूले पनि ओली सरकार भनेर कलम बर्साउने हो । हुन त नेपाल सरकार हो, प्रधानमन्त्रीको विशेषाधिकार हो, प्रधानमन्त्रीले कसलाई राख्नु हुन्छ भन्ने कुरा उहाँमा निहित छ ।’

मन्त्री बाँस्कोटाले सबै मन्त्रीसँग ओली सन्तुष्ट नरहेको संकेत गरे । ‘सबैले आफ्नो काम इमान्दारीपूर्वक गरिरहेका छन्, कक्षा कोठामा पनि कोही अब्बल हुन्छ, कोही लाष्ट हुन्छन्,’ बाँस्कोटाले भने, ‘मन्त्रिमण्डलबाट हटाइए पनि ती दलमै हुन्छन् नि, अरू भूमिकाबाट हटाउने जस्तो नगर्नुस् न । पुर्नगठन हो, हटाउने नभन्नुस न हटाउने भनेको त सजाय दिएजस्तो हुन्छ ।’  
 

salt training

कमेन्ट गर्नुहोस्