
काठमाडौं, १३ चैत– गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि त्यसतर्फ जान तयारी गरेका छन् ।
गृहसचिब लोकदर्शन रेग्मीलाई त्यसको व्यवस्थापन मिलाउन निर्देशन दिँदै उपप्रधान एवं गृहमन्त्री निधिले घटना भएको तीन सातापछि घटनाको स्थगलगत अवलोकनका लागि जाने तयारी तयारी गरेका हुन् ।
गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिबारलाई १० लाखका दरले राहत बितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । एमाले मेची महाकाली अभियान रोक्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको थियो ।