मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
भदौ ३०, २०७६
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षको विरोधका कारण आइतवार पनि प्रतिनिधि सभाको दुइवटा बैठक स्थगित भएका थिए ।
बाँकेमा पार्टी सभापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा आइतवार संसदका दुइवटा बैठक अवरुद्ध गरेको कांग्रेस सोमवार सदन सुचारू गर्न राजी भएको थियो ।
बैठकको शुरूमै कांग्रेस सचेतक पुष्पा भुसाल बोलेर बाँके घटना सम्बन्धमा प्रहरीले किटानी जाहेरी दर्ता गरेको र निश्पक्ष अनुसन्धानका लागि आग्रह गरिन् । उनले घटनामा संलग्नमाथि कारवाहीका लागि सभामुखसँग रुलिङ माग गरिन् ।
कांग्रेस सचेतक भुसाल बोलेर बसेपछि सभामुख कृष्णबहादुर महराले नेकपाका नन्दलाल रोका क्षेत्रीलाइ बोल्न समय दिए । बाँकेका सांसद रहेका रोकाले कांग्रेसले आरोप लगाएजस्तो घटना बाँकेमा नभएको दावी गरे । उनले कांग्रेसले आरोप लगाउँदैमा कसैमाथि कारवाही गर्न नपाइने बताए ।
‘वडाअध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न तयार छौं । समिति गठन गरेर छानविन गर्नुपर्छ ’ क्षेत्रीले भने ।
रोका बोल्दाबोल्दै कांग्रेस सांसदहरुले उठेर टेवल ठटाएका थिए । त्यसपछि विच्किएका प्रतिपक्षी सांसद उठेर नारावाजी गर्दै वेलमा नारावाजी गरे । उनीहरुले वेलमा आधा घण्टा नारावाजी गरेका थिए । उनीहरुले संसदमा संसदीय ‘निश्पक्षता कायम गर, राज्य आतंक बन्द गर’ लगायतका नारावाजी गरेका थिए ।
जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको मागगर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबीच आइतवार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति पछि संसद अबरोध हटाउन कांग्रेस राजी भएको थियो ।
बाँके घटनामा संलग्नलाई कारवाही गर्ने, नागरिकता विधेयकमा सहमति गर्ने तथा प्रतिपक्षी दलसँग परामर्श गरेर मात्र विधेयक ल्याउने आइतवारको छलफलमा ओलीले प्रतिबद्धता जनाएका भेटमा सहभागि कांग्रेसका एक नेताले जानकारी दिए ।
बैठक सुचारु गर्न सभामुखको पटक पटकको आग्रह वेवास्था गर्दै नारावाजी गरेपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक असोज १ गते बुधवार बिहान १ बजे सम्मको लागि स्थगित गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...