
काठमाडौं – सरकारले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरेर उनको ठाउँमा ठूले राईलाई ल्याएको छ ।
एआईजी धिरु बस्नेतलाई भने मानव स्रोत एवं प्रशासन विभागको दरबन्दीमा राखी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा राखिएको छ ।
निर्णय औपचारिक रूपमा सार्वजनिक हुन भने बाँकी नै छ । मन्त्रिपरिषद्का निर्णयहरू बिहीवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गरिएको छ ।