
काठमाडौं – सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको यात्रुबसका चालकलाई उद्दार गरेर अस्पताल पुर्याइएको छ ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बसका चालक धनबहादुर तामाङलाई नदीबाट उद्दार गरेर खाडीचौरस्थित अस्पताल लगिएको छ ।
बसका यात्रुको उद्दार गर्ने काम समेत भइरहेको प्रहरीले जनाएको छ । बसमा अन्दाजी ३५–४० जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ ।