काठमाडौं – सदाबहार गायिका लता मंगेशकर अहिले फोक्सोमा संक्रमणका कारण गम्भीर समस्यामा छिन् । सोमवार उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ ।
चिकित्सकहरूका अनुसार, उनको स्वास्थ्यस्थिति गम्भीर छ र उनी भेन्टिलेटरमा छिन् ।
सास फेर्न समस्या भएपछि उनलाई बिहान पौने २ बने अस्पताल लगिएको सूत्रहरूले बताए । उनलाई तत्कालै आईसीयू लगिएको थियो ।
इन्टरनल मेडिसिन फिजिसियन डा प्रतीत समदानीका अनुसार, ‘लताजीको देब्रे भेन्ट्रिकुलरमा समस्या छ र उहाँ निमोनियाबाट पनि पीडित हुनुहुन्छ । उहाँको हालत नाजुक छ तर केही घन्टायता यसमा सुधार भएको छ ।’
लतालाई चिकित्सकहरूले रेखदेख गरिरहेको र आजै डिस्चार्ज गर्ने सम्भावना रहेको उनकी बहिनी ऊषा मंगेशकरले बताइन् ।
लता भारतकी दिग्गज गायिका हुन् र उनले हजारौं गीत गाएकी छन् । हिन्दीबाहेक उनले ३६ वटा भाषामा गीत गाएकी छन् । उनलाई भारतका सबै प्रतिष्ठित पुरस्कार दिइसकिएको छ ।
एजेन्सी
लोकान्तर संवाददाता