जब बंगलादेशका राष्ट्रपति हमिदले प्रचण्डलाई ‘क्रान्तिकारी’ भन्दै प्रशंसा गरे

काठमाडौँ – चार दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका बंगलादेशका राष्ट्रपतिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रान्तिकारी नेता भन्दै प्रशंसा गरे ।

बुधवार अपरान्ह होटेल मेरियटमा भएको भेटवार्तामा प्रचण्डलाई क्रान्तिकारी नेता भन्दै राष्ट्रपति हमिदले प्रशंसा गरेको भेटवार्तामा सहभागी नेकपाका एक नेताले बताए ।


Advertisement

‘तपाईले क्रान्तिको नेतृत्व गरेर यहाँसम्म आउनुभयो,’ राष्ट्रपति हमिदको भनाइ उदृत गर्दै ति नेताले भने, ‘नेपालको राजनीतिक परिवर्तनमा तपाईंले ठूलो योगदान दिनुभएको छ । यो अन्य नेताहरूका लागि पनि प्रेरणादायी छ ।’

भेटवार्तामा नेपालको विकास, समृद्धिमा बंगलादेशले सहकार्य गर्न तयार रहेको राष्ट्रपति हमिदले बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्