प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र भट्टराई यथावत

प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकारमा विष्णु रिमाल र राजन भट्टराई यथावत रहेका छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा रिमाल र परराष्ट्र सल्लाहकारमा भट्टराई यथावत रहेको बालुवाटार स्रोतले जानकारी दियो । 


Advertisement

प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलले मंसिर १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्विकृत भएको बालुवाटार स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले नयाँ शिराबाट काम गर्ने भन्दै बाटो सहज गरिदिन आग्रह गरेपछि सचिवालयमा कार्यतर सल्लाहकार र सहयोगीहरूले सामूहिक राजीनामा दिएका थिए । 


Advertisement

कमेन्ट गर्नुहोस्