कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपालीहरूले सर्वाधिक रुचाएको नेपाली एप्लिकेसन 'हाम्रो पात्रो'ले आज आफ्ना ५० लाख प्रयोगकर्ताको दैनिकिलाई अझ सहज पार्दै https://we.hamropatro.com मार्फत् एउटा अत्यावश्यक सुविधा सार्वजनिक गरेको छ । र, यो सुविधा हो खरिद-बिक्री । यदि तपाईं काठमाडौंमा हुनुहुन्छ र आफ्ना नयाँ अथवा पुराना सामान, घर-जग्गा, सवारी साधन, मोबाइल, घडी अथवा अन्य आफ्ना सेवा सुविधा अरुलाई बेच्न अथवा खरिदगर्न चाहनुभएको छ भने यो फिचर तपाईंका लागि उपयोगी हुनेछ ।
पहिलो पटक यस सम्बन्धमा हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेतीको फेसबुक वालमा सार्वजनिक भएको हाम्रो पात्रोको आफ्नै 'कम्युनिटी'सम्बन्धी लिंक हेर्ने हो भने अहिलेसम्म यसमा सर्वाधिक लोकप्रिय कम्युनिटीको रूपमा 'Hamro Market' मा एकदिनमै झण्डै दुईहजार सदस्य दर्ता भएका छन् ।
'हाम्रो प्रयोगकर्ताको आवश्यक्ता तथा सल्लाहलाई मध्यजनर राख्दै वहाँहरूको खरिद बिक्रिको अनुभवकाबिच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासँग सिधै सम्पर्क गरी कारोबार गर्न सकोस भन्ने उद्देश्यले हामीले हाम्रो 'WE हाम्रोपात्रो' कम्युनिटी फिचर 'Hamro Market' सार्वजनिक गरेका हौं । हाम्रा नियमित र ब्यापक प्रयोगकर्ताहरूले यसमा राख्नुहुने सामाग्री अथवा सेवाको खरिद बिक्रिबाट जोकोहीले लाभ लिनसक्नुहुनेछ,' हाम्रो पात्रोका संस्थापक/अध्यक्ष शंकर उप्रेतिले भने ।
किन फरक छ त यो कम्युनिटी फिचर?
दैनिक कम्तिमा १० लाख भन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रो बढिमा मासिक ५० लाख प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । कसै न कसैको दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाइल, घडी, सवारी साधन, घर जग्गा अथवा अन्य कुराहरू बेच्ने अथवा खरिद गर्ने आवश्यक्तालाई हाम्रो पात्रो प्रयोगकर्ता सही विकल्प हुनसक्छन् । आफ्नो कुराहरू बेच्न अथवा खरिद गर्ने व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्युनिटी प्रभावकारी छ । समग्रमा यो फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद-बिक्रिको सुविधामा सजिलै जोड्न सक्दछ ।
कसरी जुट्ने त यो कम्युनिटीमा?
यो कम्युनिटीमा अहिले यो लिंक https://we.hamropatro.com/c/ff6e7bb0-0c27-11ea-9a0a-0242ac12003e लाई क्लिक गरेर Login with Google अथवा Login with Facebook मध्ये कुनै एकबाट लगइन गरेर त्यहाँ उपलब्ध कम्युनिटीहरू मध्ये 'Hamro Market' खोल्नुभई त्यहाँ रहेको Join Community भन्ने बटनलाई थिचेर रजिष्ट्रेसनका लागि रिक्वेस्ट पठाउन सकिनेछ । हाम्रो पात्रोले तपाईंको रिक्वेस्टलाई स्विकार्ने छ र तपाईंलाई त्यस कम्यूनिटीमा आफ्ना सामाग्री अथवा सेवालाई तस्वीर सहित पोष्ट गर्न अथवा खरिद-बिक्रिका लागि पोष्ट गरीएका स्ट्याटसहरूमा कमेन्ट गर्ने सुविधा दिनेछ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...