×

NMB BANK
NIC ASIA

यो उपनिर्वाचनको परिणामले सरकार सच्चिनुपर्ने सन्देश दिएको छ - प्रवक्ता शर्मा

मंसिर १६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार सम्पन्न उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको छ ।

Muktinath Bank

काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनेक प्रतिकूलताबीच मतदाताले काँग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिएर जिम्मेवार र शालिन प्रतिपक्षी भूमिका अनुमोदन गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'समग्रमा मत बढे पनि कतिपय स्थानमा मत घट्नुको आन्तरिक साङ्गठनिक समीक्षा गरेर आगामी दिनको तयारी गर्नुपर्ने टड्कारो आवश्यकताको सन्देश प्राप्त गरेका छौँ । विसं २०७४ को तुलनामा काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बीचको मतान्तर विसं २०७६ मङ्सिर १४ गते आइपुग्दा घटेको छ ।'


Advertisment
Nabil box
Kumari

यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो । काँग्रेसले उपनिर्वाचनमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएकोमा त्यस बारेमा साङ्गठनिक कमजोरीको समीक्षा गर्ने जनाउँदै प्रदेश नं २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश नं ५ को अर्घाखाँची र प्रदेश नं ३ को चितवन, प्रदेश १ को धरान र काठमाडौँ उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले उत्साही तुल्याएको जनाएको छ ।

Vianet communication
Laxmi Bank

प्रवक्ता शर्माले भने, 'विगतमा काँग्रेसको सरकारले आफ्नो पार्टीको पराजयको पूर्वानुमानका बाबजुद पनि स्वस्थ, निष्पक्ष निर्वाचन गराएको निकट इतिहासको सिङ्गो देश साक्षी छ । तर वर्तमान सरकार त्यो कर्तव्य निर्वाहमा भन्दा आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखियो । यसका अनेक उदाहरण यसबीचमा सार्वजनिक भइसकेकै छ ।'

उपनिर्वाचन सरकार बनाउन या बदल्न नभई सरकारलाई सच्याउन योगदान गर्न सक्छ भन्ने आफूहरुले मतदातालाई गरेको अपिलबमोजिम नै मङ्सिर १४ को उपनिर्वाचनले सरकार सच्चिनुपर्ने प्रष्ट सन्देश दिएको उनले दाबी गरे ।

उपनिर्वाचनको मतपरिणामले विगत २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले भने, 'एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षको अङ्क हासिल भएको तथ्य राखेर सरकारका पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष लिन सकिने सुविधा सरकार या नेकपासँग छँदैछ । बाग्लुङको प्रदेशसभा क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्नुपरेको स्थिति र कठिनाइले प्राप्त विजय, कास्की र दाङमा वस्तुगत राजैनीतिक प्रभावभन्दा सहानुभूतिमा मत संयोजन गर्नुपरेको अवस्था तथा परिणाम हासिल नगरेपनि काँग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र सरकार सच्याउनकै लागि जरुरी पाठ हुन ।'

काँग्रेसले उपनिर्वाचनमा रुख चिन्हमा मतदान गर्ने, निर्वाचनमा सहभागी सबै मतदातामा धन्यवाद र आभार प्रकट गर्दै प्रतिस्पर्धाको लोकतान्त्रिक अभ्यासबाट विजयी सबैलाई बधाइ ज्ञापन गरेको छ । साथै निर्वाचनमा प्रतिस्पर्धी सबैलाई जनताको सेवामा समर्पित रहेर कार्य गर्न पनि अपिल गर्दै निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी सबैलाई आफ्नो भूमिकाका लागि बधाई ज्ञापन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x