×

NMB BANK
NIC ASIA

बल ब्वाई बने च्याम्पियन

मंसिर २१, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

फुच्चे केटो । निकै लुरे । रेन्ज (बल प्रहार गर्ने स्थान) मा बल टिप्थे । पछि बल हान्ने मौका पाए, राम्रो हाने । १–२ होल खेल्न दिइयो, राम्रो गरे । प्रगति गर्दै गए, मौका पाउँदै गए । गल्फ सेट बोकेर खेलाडीको पछिपछि हिँड्ने क्याडीको काम पनि गरे । तिनै सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को गल्फमा शुक्रबार व्यक्तिगत र टिम स्पर्धामा गरी २ स्वर्णपदक दिलाए ।

Muktinath Bank

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ६ वर्षअघि अरूले प्रहार गरेको बल टिप्दै गरेको देखेका दीपक थापाले उनै सुवासको स्वर्ण यात्राका चारै दिनको खेललाई गोकर्ण गल्फ क्लबमा नियाले । त्यो बेला सुवासलाई बल टिप्न अह्राउने थापा यो सागको नेपाली गल्फ टिमका प्रशिक्षक पनि हुन् । ‘ती लुरे फुच्चेले बल टिपेर ४०–५० रुपैयाँ थापेको हिजोजस्तै लाग्छ,’ आरएनजीसीका प्रो थापाले भने, ‘आज आफ्नै सामुन्ने देशकै नाम उचो बनाउने पदक जिते । सागमा स्वर्ण जित्ने हामी सबैको मिसन पूरा गरिदिए । हिरो नै निस्किए ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लेले, ललितपुरका सुवासले बंगलादेशका मोहमद फाहरादको चुनौती ८ स्ट्रोकले पन्छाउँदै व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन् । उनले कुल ७२ होलको खेलमा १४ अन्डर २७४ स्कोर गरे । पार ७२ को क्लबमा उनले पहिलो दिन १ अन्डर ७१, दोस्रो दिन ६ अन्डर, तेस्रोमा ४ अन्डर र अन्तिम दिन शुक्रबार ३ अन्डर ६९ को कार्ड बनाए । नौ स्ट्रोकको अग्रता लिएर अन्तिम चरणको प्रतिस्पर्धामा ओर्लिएका उनले भने, ‘हिजो राम्रो खेलेको थिएँ । सबैले आजको (उपाधि होड) थाहा हुन्छ भन्नुभयो । सबैले भविष्यका लागि हुन्छ, राम्रो खेल्नुपर्छ भन्नुभयो । फराकिलो अग्रता भएकाले जित्नेमा ढुक्क थिए । सुरक्षित खेल्दै स्वर्ण जितेँ ।’ दोस्रो दिनबाट अग्रता लिएका उनले उपाधि यात्रामा तनाव महसुस नगरेको पनि बताए । यसअघि ५ अन्डर (सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९) खेलेका उनको गोकर्णमा हालसम्मकै सबभन्दा राम्रो स्कोर हो, १४ अन्डर । र, नेपाली एमेच्योर गल्फरको सबभन्दा राम्रो स्कोरको कीर्तिमान पनि । उनले गत वर्ष व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जित्दै सनसनी मच्चाएका थिए । त्यसक्रममा उनले आरएनजीसीमा ७ अन्डर खेलेका थिए ।


Advertisment
Nabil box
Kumari

यो सागको सफलतासँगै सुवास नेपालको वरीयतामा शुक्रबहादुर राई र टंकबहादुर कार्कीलाई उछिन्दै शीर्षस्थानमा पुगे । उनी विश्व गल्फ वरीयतामा सबभन्दा माथिल्लो (७४१) स्थानमा रहेका नेपाली हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट टिम स्पर्धामा रजत हात पारेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा शुक्र, टंक र नीरज तामाङले यो सागको पुरुष टिम स्पर्धामा ८३८ अंक जोड्दै स्वर्ण जितेको हो ।

Vianet communication
Laxmi Bank

यसमा बंगलादेश (८५६) ले रजत र श्रीलंका (८७८) ले कांस्य हात पारे । शुक्रले ४ अन्डर २८४ सहित व्यक्तिगत स्पर्धामा कांस्य हात पारे ।

नेपाली टिमलाई सिंगापुरमा किम बाल्दविनले प्रशिक्षण दिएका थिए । बाल्दविनले गोकर्ण आएर पनि एक साता ट्रेनिङ दिए । गल्फ टिमले दुई महिना गोकर्णमा नियमित अभ्यास गर्ने अवसर पाएको थियो । त्यसले दक्षिण एसियाली खेलकुदको महाकुम्भमा गल्फबाट नेपाललाई पहिलोपल्ट पदक जित्न सहज भएको हो । सागमा दीपक थापा र धनबहादुर थापा प्रशिक्षकको भूमिकामा छन् ।

भाग्यको खेल
सुवास १० वर्षको छँदा साथीसँगै आरएनजीसी पुगेका थिए । ४ कक्षा पढेपछि स्कुल छाडेका उनले भने, ‘श्याम दाइले बल टिप्ने काम गर्ने हो भन्नुभयो, मैले ‘हुन्छ’ भनेँ र बल ब्वाई बनेँ । बल टिप्नेमात्रै काम हुन्थ्यो । रमाइलो लाग्थ्यो ।’ उनको काम आरएनजीसीमा आउने सौखिन गल्फरहरूले प्रहार गरेको बल टिप्ने थियो । बल टिप्दै गए, बेला मौकामा अरूकै क्लब (बल प्रहार गर्ने) लिएर आफैं प्रहार गर्न थाले । बेला मौका क्याडी पनि भए ।

बल ब्वाई बनेको ६–७ महिनापछि पहिलोपल्ट उनले बल हान्ने मौका पाएका थिए । त्यसै क्रममा एक दिन टासी घले (नेपाल गल्फ संघका अध्यक्ष) ले उनलाई देखे । बल प्रहार गर्न लगाए । सुवासले राम्रो गरे । त्यसपछि उनले सौखिनहरूको खेलमा बेलुका नियमित अभ्यास गर्ने मौका पाए । चार वर्षजति बल ब्वाई छँदाको अनुभव सुवासले सुनाए, ‘बिहान ६ देखि १२ बजेसम्म बल टिप्थें । त्यसपछि अभ्यास गर्थें ।’

अभ्यासमा राम्रो गर्दै गए । संघको युवा विकास परियोजनामा छनोट भएपछि उनले तीन वर्षयता व्यावसायिक प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर’ मा एमेच्योर खेलाडीका रूपमा नियमित प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन् । थिम्पु, थाइल्यान्ड, बंगलादेश, भुटान, सिंगापुरमा खेल्न पुगे । फाल्डो सिरिज नेपालमा गत वर्ष यू–१६ मा पहिलो भएपछि भियतनाममा गएर एसियाली स्तरमै प्रतिस्पर्धा गरे । यसपालि नेपाल सिरिजको उपाधि जिते र चीन पुगेर एसिया ग्य्रान्ड फाइनल खेले । यसैपालि भुटान ओपन एमेच्योर च्याम्पियनसिपमा तेस्रो भए ।

क्लबको बसाइ
सुवासका आमा, बुबा र भाइ लेलेकै घरमा छन् । उनी भने आठ महिनायता आर्मी अफिसर्स गल्फ क्लबमै बस्छन् । बिहान ६ बजे तयार भएर गल्फ कोर्समा निस्केपछि ५ बजेसम्म बस्छन् । अहिले उनको काम खेल्ने मात्रै हो । ‘दैनिक ८०० बल हान्छु, १८ होल खेल्छु,’ उनले सुनाए । पाँच महिनायता राष्ट्रिय टिम तयारीमा रहेर ट्रेनिङ गरेका उनको विशेषगरी चिप र पट राम्रो छ ।

नेपालमा सातवटा गल्फ कोर्स छन् । उनलाई गोकर्ण गल्फ क्लबमा खेल्न अलि गाह्रो लाग्छ । खासमा १३ औं सागमा उनीभन्दा टंक र शुक्रसँग नेपालले स्वर्णको आशा गरेको थियो । घरेलु एमेच्योर गल्फमा सुवासले उनीहरूसँगै प्रतिस्पर्धा गरिरहेका छन् । सागअघि माथिल्लो वरीयतामा रहेका शुक्र र टंकसँगको प्रतिस्पर्धाबारे सुवासले भने, ‘उहाँहरूसँग खेल्दा दबाब त हुन्छ । उहाँहरू राम्रो सट हान्नुहुन्छ । मलाई पनि त्यस्तै राम्रो हानौं हानौं लाग्छ र प्रयास गर्छु ।’

ड्राइभर २६० फिटसम्म प्रहार गर्ने उनी अबको लक्ष्यबारे भन्छन्, ‘गल्फमै अगाडि बढ्ने मन छ । इन्डियन टुरमा खेल्ने लक्ष्य छ । त्यसका लागि भाषा (अंग्रेजी) जान्नुपर्छ, सिक्नेछु । खेलमा योभन्दा धेरै मिहिनेत पनि गर्नुपर्छ ।’ एसियाको व्यावसायिक गल्फकै प्रतिष्ठित छ, इन्डियन टुर । यसअन्तर्गत थुप्रै प्रतियोगिता हुन्छन् । नेपालका तोरण शाही र शिवराम श्रेष्ठले मात्रै भारतको व्यवसायिक गल्फ टुरको सिजन खेलेका छन् ।

नेपालका पूर्वनम्बर १ गल्फर दीपक आचार्य सुवासमा उत्कृष्ट खेलाडी बन्न सक्ने खुबी भएको बताउँछन् । उनले सुवासबारे भने, ‘अन्तर्राष्ट्रिय गल्फमै राम्रो गर्न सक्ने प्रतिभा देखिएका खेलाडी हुन् । उनी एसियाली स्तरसम्म पुग्ने देखिन्छ । त्योभन्दा माथि पुग्न उनको प्रतिभासँगै शारीरिक क्षमतामा पनि भर पर्छ ।’ उनले यो सागको प्रदर्शनबारे भने, ‘चारै दिन स्कोर अन्डरमा राख्नु धेरै राम्रो हो । १४ अन्डरको स्कोरलाई उत्कृष्ट मान्नुपर्छ । उनले अभ्यासमा सहजै ६–७ अन्डर खेलिरहेका थिए ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x