फेसबूकबाट भेटिइन् १२ वर्षअघि हराएकी बालिका

भारतको आन्ध्र प्रदेशकी एक किशोरीले १२ वर्षपछि परिवारलाई भेटेकी छन् ।

४ वर्षको उमेरमा उक्त बालिका हराएकी थिइन् । तर फेसबूकमार्फत उनले परिवार भेट्ने मौका पाएकी हुन् । वामसी कृष्णले फेसबूकको माध्यमबाट उक्त किशोरीलाई परिवारको जिम्मा लगाइदिएकी हुन् ।


Advertisement

आन्ध्र प्रदेशकी किशोरी भवानीलाई वामसी कृष्णाको घरमा काम गर्न गएकी थिइन् । त्यसपछि कृष्णाले आफू ४ वर्षको उमेरमा बाबुआमाबाट छुटेको बताइएकी थिइन् ।

त्यसपछि उनलाई एक महिलाले शरण दिइन् । त्यसबेलादेखि उनी विजयवाडामा बस्न थालिन् ।


Advertisement

समाचार एजेन्सी एनीसँग कुरा गर्दै वामसी कृष्णाले भनिन्, 'म कसैलाई काममा लगाउनुअघि त्यसको कागजात हेर्छु । तर यस बच्चीसँग कुनै कागजात थिएन । किनकी उनी ४ वर्षको उमेरमै परिवारबाट टाढिएकी थिइन् र पछि एउटा महिलाले पालनपोषण गरेकी थिइन् ।'

उनले थपिन्, 'अनि मैले सोधे- के तिमी बुवाआमालाई भेट्न चाहन्छौं । उनीमा भेट्ने चाहना बढेपछि मैले उसको बुवाआमालाई फेसबूकमा खोज्न थालेँ ।'

उनले परिवारको सदस्यलाई फेसबूकमा खोजेर कुराकानी गर्न थाले र अन्तिममा परिवारको जिम्मा लगाइदिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्