२२ असार २०८३, सोमबार

प्रधानसेनापति फुटबलको उपाधि एपीएफलाई, पायो तीन लाख पुरस्कार

प्रधानसेनापति फुटबलको उपाधि एपीएफलाई, पायो तीन लाख पुरस्कार

७औँ प्रधानसेनापति महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले चुमेको छ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एपीएफले उपाधि रक्षा गरेको हो।

 सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले १–१ गोल गर्दा आर्मीले खाता खोल्न सकेन। 

उपाधिसँगै एपीएफले ३ लाख तथा ट्रफी प्राप्त गरेको छ, भने उपविजेता आर्मी क्लबले १ लाख ५० हजारमा चित्त बुझायो। 

विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापा र उपविजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रतियोगितामा तृतीय भएका नेपाल पुलिस क्लब र भुटानका फुटबल टोलीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्रतिटोली  ५० हजार वितरण गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खलाडीको पुरस्कार आर्मीकी दीपा राईले जितिन्। उनले यमाहा कम्पनीको एउटा स्कुटर प्राप्त गरिन्।

उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर आर्मीकी पूजा रानामगर, उत्कृष्ट मिडफिल्डर भुटानकी पेमा छोदेन छिरिङ, उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफकै जनक सिंह भए। उनीहरुले जनही  १० हजार पुरस्कार पाए।

उदीयमान खेलाडीको पुरस्कार आर्मीकी विमला विकले प्राप्त गरिन्। उक्त प्रतियोगिता  २९ मंसिरदेखि  शुरु भएको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्