विश्व शान्ति सद्भाव दाैडका लागि नेपाल आउँदै युनेस्कोका पूर्वअध्यक्ष

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को)का पूर्व अध्यक्ष डा डेभिडसन एल हेपबर्नसहितको टोली पोखरा आउने भएकाे छ।

आगामी  फागुन ३ गतेदेखि पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि विश्वशान्ति सद्भाव दौडमा सहभागी हुन उनीहरु आउन लागेकाे भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले जानकारी दिए। उनका अनुसार शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका पोखरा म्याराथन हुन लागेकाे हाे।


Advertisement

चौधौँ सस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यले पोखरा म्याराथनलाई शान्तिका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा बढीको सहभागिता रहने छन् । प्रतियोगितामा बेलायत, हङकङ, अमेरिका, जापानलगायत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन्। 

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकलाई आकर्षित गर्न पुरुस्कारको राशिमा बृद्धि गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई रु दुई लाख प्रदान गर्ने जनाएको छ । त्यसैगरी दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु एक लाख र रु ७५ हजार प्रदान गरिनेछ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिनेछ ।


Advertisement

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहीनका लागि दौडलाई निरन्तरता दिइएको छ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद  १५, १० र ५ हजार र ५ किलोमिटरतर्फ १०, रु ५ र रु ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहीन दौडका लागि समेत पाँच हजार, तीन हजार रु दुई हजार प्रदान गरिने मञ्चले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिनेछ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्