घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठ फर्नीचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ८ हजार घुस मागेको अभियोग लागेका उर्लाबारी मोरङमा कार्यरत  प्रहरी हवल्दार  राजु श्रेष्ठविरुद्ध कारबाही अगाडि बढाइएकाे हाे।


Advertisement

उनलाई अख्तियारले केही दिन पहिले घुस रकमसहित पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्